ललितपुर / ०८ थाइ सरकारको सहयोगमा ललितपुर महानगरपालिकास्थित बुगमतीमा बहुउद्देश्यीय आकस्मिक उद्धार भवन निर्माण हुने भएको छ ।

अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)को पहलमा महानगरको वडा नं २२ स्थित बुगमतीमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि महानगरका मेयर चिरीबाबु महर्जन र नेपालका लागि निमित्त थाइ राजदुत तानाफुम लिलाप्रोनले उक्त भवनको शिलान्यास गरेका हुन् । साथमा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक भ्यालेरी जुलियान्ट पनि थिइन् ।
जनताबाट जनताका लागि सहयोग, पुनलार्भ र पुननिर्माणद्धारा उत्थानशील समुदाय निर्माण (पिटपी प्रोजेक्ट) अन्तर्गत यो भवन निर्माण गर्न हुन लागेको हो । नेपालका लागि थाइ मुटु कार्यक्रम अन्तर्गत यो परियोजना नेपालमा संचालन गरिएको हो ।
ॐ
कार्यक्रममा महानगरका मेयर चिरीबाबु महर्जनले थाइ सरकार र थाइ जनताले नेपाल र नेपालीलाई गरेको माया र सहयोगको प्रंससा गर्दै भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘ यो भवन हाम्रो हो, हामी यसको संरक्षण गर्छौै , आफ्नै सन्तानलाई जस्तै गरी माया गर्छौ ।’ यो भवन दुई राष्ट्रबीचको मित्रताको प्रतिक भएको बताउँदै उनले समयमै भवन निर्माणको काम सक्ने प्रतिबद्धता व्यक्त गरे । भवन निर्माणकालागि प्रयोग गरिने सामग्रीको गुणस्तरमा हेलच्क्रायाँई नगर्न अनुरोध समेत गरे । बुगमतीमा आकस्मिक उद्धार भवन अत्यावश्यक भएको बताउँदै विपतका बेला यो भवनको महत्व अझै बढी हुने बताए । भवन निर्माणका बेला आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न महानगर तयार भएको समेत उनले स्पष्ट पारे ।
संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्टले प्रकोपले जनजीवन मात्रै प्रभावित नहुने बताउँदै देशको विकासलाई शताब्दीऔं पछि धकेल्ने बताइन् । उनले भनिन् , ‘भुकम्प कहिले आउँछ थाहा छैन , यसलाई रोक्न पनि सकिदैन, क्षति कम गराउन पूर्व तयारीका उपायहरु अपनाउनुपर्छ ।’ उनले भूकम्प र भूकम्प जस्तै प्रकोपबाट हुने क्षति कम गर्न जनचेतना आवश्यक भएको बताउँदै भूकम्पबाट हुने क्षति कम गर्न र पुननिर्माणको क्षेत्रमा भइरहेको कामको प्रसंसा गरिन् ।
नेपालका लागि कार्यवाहक थाई राजदुत तानाफुम लिलापोर्नले यो परियोजना नेपाल र थाइल्याण्डबीचको मित्रताको प्रतिक भएको बताए ।
नेपाल र थाइल्याण्डबीचको दौत्य सम्बन्ध प्रगाढ र मित्रवत भएको बताउँदै उनले भने, ‘ नजिक र हार्दिक सम्बन्धका कारण हामी खुशी छौ । ’
अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)का पाउल नोरटर्नले समुदायमा निर्माण हुन लागेको यो भवन बहुउपयोगी हुने बताउँदै विपत अघि , पछि र विपतका समयमा यसको प्रयोगबाट लाभान्वित हुन सकिने स्पष्ट पारे । उनले यो भवनलाई तालिम, छलफल , भेटघाट गर्न प्रयोग गर्न सकिने बताए ।
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले प्रकोप न्यूनीकरणका लागि जनचेतना आवश्यक भएको बताए । उनले भूकम्प जस्ता प्रकोपबाट जोगिन जान्नु पर्ने सीप , तालिम लिन यस्ता भवनको आवश्यक र महत्वपूर्ण हुने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij