लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई अब थुनामा समेत राखिने भएको छ ।
लकडाउनकाे अवसरमा पनि मानिसहरूकाे अागमन बाक्लाे भएसँगै सरकारले लकडाउन प्रभावकारी बनाउन यस्ताे निर्णय गरेकाे हाे ।
अनावश्यक आवागमन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने र लकडाउन कार्यान्वयनमा अवरोध गर्नेलाई थुनामा राख्नेसम्मको कारबाही गर्ने निर्णय गरेको हो ।
संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई न्यूनतम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भने ऐनको उल्लङ्घन गर्नेलाई अधिकतम छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । कसुरमा कारबाही वा किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij