नेपाल सरकारले खुकुलाे बनाएकाे लकडाउनकाे काठमाडाैैंका व्यवसायीहरुले स्वागत गरेका छन् ।

लामाे लकडाउन सँगै व्यवसायीहरु सङ्कटमा परेकाे र यसलाइ नयाँ गति दिन कठिन हुने भन्दै उपयुक्त विकल्प र आवश्यक सहयाेगकाे माग सहित विभिन्न सराेकारवाला सरकारी कार्यालयहरुमा छलफल, दबाब, धर्ना लगायतका सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निष्कर्षमा पुगेका छन् व्यवसायीहरु ।
जिल्लाभरका व्यवसायीहरुकाे छाता संगठन नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैं अन्तरगत विभिन्न संगठित व्यावसायका उच्चपदस्थ व्यक्तिहरुकाे सहभागितामा आज अबकाे सङ्कट समाधानार्थ नयाँ विकल्प खाेज्ने याेजना सहित बसेकाे छलफलबाट व्यवसायीहरु उक्त निष्कर्षमा पुगेका हुन् ।
विश्वव्यापी कोभिड १९ को महामारी र विगत ८१ दिनकाे लकडाउनले पुनः व्यवसाय गतिशिल बनाउन निकै कठिन हुने व्यवसायीहरुले बताउँदै आएका छन् ।
निजी क्षेत्रकाे लागि याे अहिले सम्मकै सबैभन्दा ठूलाे सङ्कट भएकाे र यसबाट उत्पन्न समस्यालाइ न्यूनीकरणकाे लागि राज्य पक्ष र व्यवसायीहरु आपसी सहकार्यमा अघी बढ्नुपर्ने व्यवसायीहरुले बताउँदै आएका छन् ।
आज काठमाडाैं जिल्लामा सञ्चालनमा रहेका विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुकाे नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैंका अध्यक्ष दिनेश श्रेष्ठकाे प्रमुख आतिथ्यतामा छलफल सम्पन्न भएकाे थियाे ।
उक्त छलफलबा व्यवसायीहरुको समस्या समाधान गर्ने उदस्य राखी
काठमाडौँ जिल्ला उद्योगी व्यवसायी कोभिड-१९ संकट व्यवस्थापन समिति बनाउने निर्णय
समेत गरिएकाे छ ।

उक्त समितिले काठमाडौँ भित्र रहेका उद्योगी व्यवसायीहरुका समस्या पहिचान गरी समाधान गर्न सम्बन्धित सरकारी निकायहरुमा पहल गर्नेछ ।
आज सम्पन्न नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको वैठकमा दिनेश श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (अध्यक्ष), राजकुमार श्रेष्ठ – नेपाल खुद्रा व्यापार सघ ( अध्यक्ष ), राजेन्द्र शिम्खडा – नेपाल वितरक संघ (अध्यक्ष )
सदिश श्रेष्ठ -नेपाल टेलरिंग व्यवसायी महासंघ( वरिस्ठ उपाध्यक्ष), गणेश कुमार न्यौपाने – खिचापोखरी न्युरोड व्यापार संघ (अध्यक्ष ), नानीराज घिमेरे- फुटवेयर म्यानुफ्याकचर एशोसीएसन अफ नेपाल (उपाध्यक्ष ), गोविन्द बराल – मदिरा व्यवसायी संघ काठमाडौँ( अध्यक्ष), विवेक तुलाचन – थकाली भान्छा घर संघ (अध्यक्ष), हेम स्वार – सुरज आर्केड व्यापार संघ (अध्यक्ष), सुरेन्द्र भक्त श्रेष्ठ – नेपाल वाईन उत्पादक संघ, कमल अग्रवाल – राष्ट्रिय व्यापार संघ (अध्यक्ष), कुमार कार्की – नेपाल व्यापार संघ ( अध्यक्ष ), रमण कायस्थ – सर्जिकल सप्लाएर्स एशोसीएसन (अध्यक्ष) र लक्ष्मी प्रशाद पौड्याल -नेपाल कस्मेटिक व्यवसायी संघ (अध्यक्ष)काे उपस्थिति थियाे ।
उक्त वैठकबाट व्यवसायीहरुले लकडाउनका कारण बन्द रहेको अवधिको बैंक साँवा तथा घर भाडा जस्ता खर्चहरु उद्योगी व्यवसायीहरुले तत्कालै भुक्तानी गर्न नसक्ने हुँदा १ वर्षको लागि किस्ताबन्दिमा भुक्तानी गर्ने व्यवस्था लागु गर्न माग गर्ने निष्कर्ष पनि निकालेका छन् ।
