२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन उल्लंघन गर्ने १२११ जना नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १२११ जना नियन्त्रणमा

उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय १७ महिला सहित  १२ सय ११  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिनभरमा सो  संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी गराए । उनकाअनुसार काठमाण्डौमा सबै भन्दा बढी ८ सय ८८ र  ललितपुरमा ३ सय २५ जनालाई नियन्त्रणमा लिइएको छ ।

यसैगरी  ६ सय ८ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ६ सय ४७  वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।  लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij