२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउनमा पानी प्रशाेधन उद्योग र व्यावसायिक कठिनाइहरु

लकडाउनमा पानी प्रशाेधन उद्योग र व्यावसायिक कठिनाइहरु

विक्रम लिम्बु चेम्जोङ, उपाध्यक्ष, नेपाल वोटल वाटर उद्योग संघ

नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहँदा पनि पानी उद्योग भने निरन्तर रुपमा सञ्चालनमा रहँदै आएका छन् । पानी उद्योगको लागि सरकारले निर्देशन दिइरहँदा सहज रुपमा पास भने उपलब्ध हुन नसकेको व्यवसायी एवं नेपाल वोटल वाटर उद्योग संघका उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको गुनासो छ । यसको अलावा नेपाल सरकारबाट सुरक्षाको प्रत्याभुति हुन सक्ने योजना सहित सहज रुपमा पिसिआर मार्फत कम्तीमा एक उद्योग एक व्यक्तिको कोरोना परीक्षण व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।

व्यवसायी लिम्बुका अनुसार अहिले नेपालमा अहिले सेवा प्रवाह कार्य निकै नै जटिल छ । उनी भन्छन्, ‘यस्तो अवस्थामा पनि नेपाल सरकारले हामी पानी उद्योगलाई काम गर्ने वातावरण त मिलाइदिएको छ । उपभोक्ताको हितको लागि हामी यो कार्यमा संलग्न भइरहँदा हामीलाई पनि खुसी नै लागेको छ । यद्यपि अहिलेको अवस्थामा प्रशोधन भइरहेको पानी कत्तिको सुरक्षित छ भन्ने प्रश्न पनि खडा भएको छ । जुन स्वभाविक पनि हो । यस्तो अवस्थालाई विचार गर्दै नेपाल सरकारले पानी उद्योगमा संलग्न कर्मचारीको स्वास्थ्य परीक्षण सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्नु जरुरी छ ।’

संघका गतिविधिः
अहिले नेपाल वोटल वाटर उद्योग संघ अन्तरगत काठमाडौं उपत्यकामा १ सय ७२ ओटा सञ्चालनमा छन् भने देशभर गरी करिब ५ सयको सङ्ख्यामा पानी उद्योगहरु सञ्चालनमा रहँदै आएका छन् । ‘स्वच्छ पानीः स्वस्थ जीवन’ भन्ने नारा सहित अहिले नेपाल वोटल वाटर उद्योग संघले चुनौतीपूर्ण अवस्थामा पनि ज्यानलाई बाजीमा राखेर सेवा प्रवाहको लागि सबै सदस्यहरुलाई आह्वान गरेको छ ।

जटिल परिस्थितिमा कुनै पनि कार्यलाई निरन्तरता दिन सहज अवश्य हुँदैन । परिस्थितिलाई बुझेर सबै अवस्थामा नाफाघाटा मात्र नहेरी सहज तवरले सेवा सुचारु राख्न ध्यान केन्द्रित गर्नु जरुरी रहन्छ भन्ने महत्व सबै व्यवसायी साथीहरुलाई बुझाएर सोही बमोजिम सेवामा खटिन गरेको आग्रह गरेको र अहिले सबै व्यवसायीहरुले यसलाई पालना गरिरहनुभएको लिम्बू बताउँछन् ।

लगानी र रोजगारीः
नेपालमा बोटल र जारमा उपलब्ध पिउने पानी उत्पादन तथा प्रशोधन उद्योगमा अहिले सम्म आइपुग्दा करिब १० अर्ब रकम बराबरको लगानी भइसकेको भन्ने तथ्यांक संघले निकालेको छ । यस क्षेत्रबाट करिब १० हजार व्यक्तिहरुलाई रोजगारी सृजना भएको छ । राज्यलाई स्वच्छ पानी उत्पादन तथा वितरणलाई सहज बनाउन व्यवसायीहरुले निकै नै प्रभावकारी तवरल काम गर्दै आएका छन् ।

प्रविधि
अहिले १ लिटर बोटलमा उपलब्ध हुने पानी आधुनिक अटोमेटेड मेसिनबाट प्रशोधन गरिँदै आइएको छ भने २० लिटर जारमा उपलब्ध हुने पानीमा पनि विस्तारै अत्याधुनिक अटोमेटेड मेसिनबाट प्रशोधन गर्दै जाने योजनामा आफूहरु रहेको व्यवसायी लिम्बुको धारणा छ ।

नीतिगत समस्या
पानी मानिसको जीवनसँग जोडिने वस्तु हो । यसले नै हामीलाई स्वस्थ बनाउँछ । तर यस व्यवसायमा संलग्न व्यवसायी भने निकै नै त्रासदीपूर्ण तवरले काममा खटिनुपरेको छ । अहिलेको खाद्य ऐनले व्यवसायीलाई थप हतोत्साहित बनाएको लिम्बुको गुनासो छ । साधारण गल्तिले पनि व्यवसायीलाई ठूलो समस्या सृजना हुन सक्ने अवस्थाले गर्दा व्यवसाय गर्न निकै नै आँट र हिम्मत आवश्यक पर्ने व्यवसायी लिम्बू बताउँछन् ।

अहिलेको व्यवस्था बमोजिम कम गुणस्तर र दुषित वस्तुलाई एउटै सूचीमा राखिनुले आफूहरु आतंकित हुनुपरेको बताउँदै यस्तो कुनै कमजोरी पाइएमा ५ बर्ष जेल र ५० हजार देखि ५ लाख सम्म जरिवानाको प्रावधान राखिन नहुने धारणा राख्छन् ।

पास सहज उपलब्ध गराउन आग्रह
पानी व्यवसाय अति आवश्यक वस्तु भएको र यसलाई बन्द नगर्न निर्देशन दिएको अवस्थामा पानीको गाडीलाई अवरोध नभएपनि पानी उद्योगी र कर्मचारी हिँडडुलमा भने पास आवश्यक पर्छ । तर उक्त पास लिन निकै नै गाह्रो अवस्था छ । राज्यले सहज उपलब्ध गराउनुपर्ने पास नै युद्ध जिते सरह लडेर मात्र पाउन सकिने अवस्था निकै नै दुखद रहेको लिम्बुले बताए ।

को हुन् त व्यवसायी लिम्बु ?
सामान्य परिवारमा जन्मिएर बाल्यावस्था अर्थात कक्षा ८ मा पढ्दादेखि नै पढाईको सँगसँगै गलैँचा व्यापारमा संलग्न भएर व्यवसायमा निरन्तर संलग्न रहँदै आएका व्यक्ति हुन् बिक्रम लिम्बू । सानै उमेर देखि नै व्यापार कला सिकेका उनले अहिले एक सफल युवा उद्यमीको रुपमा परिचय बनाएका छन् ।

नयाँ उद्यमी र उद्यमशिल व्यक्तिहरुको लागि प्रेरणादायी व्यक्तिको रुपमा परिचित हुन पुगेका उनी व्यवसायमा नयाँ आउन चाहने व्यक्तिहरुलाईआफूले जानेको परामर्श, सीप र ज्ञान बाँड्दै आएका छन् ।

नेपालमा रहँदा गलैंचा, काठ, कृषि, फर्निचर लगायत क्षेत्रमा हात अघी बढाएका उनी अहिले विगत ७ बर्ष देखि पानी व्यवसायमा संलग्न छन् । सानै उमेर देखि व्यवसायमा होमिने क्रममा थुप्रै आरोहअवरोह सामना गर्दै आएका उनी सङ्घर्षशिल युवा उद्यमी हुन् ।

अन्य थुप्रै व्यक्तिहरु पछि आफ्नै प्रतिष्पर्धी बनेर आफूलाई अप्ठ्यारोमा पार्न सक्ने कुराले नयाँ व्यक्तिहरुलाई सिकाउन चाहँदैनन् । तर विक्रम लिम्बु भने नयाँ उद्यमीहरुलाई प्रोत्साहित गर्नुपर्ने मान्यतामा रहन्छन् सदैव । उनी भन्छन्, कसैलाई माछा चाहियो भने उनीहरुलाई आफैंले माछा मारेर दिनु भन्दा पनि उनीहरुलाई माछा मार्ने कला सिकाउनुपर्छ भन्ने मेरो मान्यता छ ।

नेपालमा रहँदा गलैंचा, काठ, कृषि, फर्निचर लगायत क्षेत्रमा हात अघी बढाएका उनी अहिले विगत ७ बर्ष देखि पानी व्यवसायमा संलग्न छन् । सानै उमेर देखि व्यवसायमा होमिने क्रममा थुप्रै आरोह अवरोह सामना गर्दै आएका उनी सङ्घर्षशिल युवा उद्यमी हुन् ।

उनी विदेशमा रहेका नेपालीहरुलाई भन्छन्, त्यहाँ जसरी तपाईंले नेपालमा पनि १८ घण्टा काममा खटिनुस् नेपालमा नै तपाईंले सुन फलाउन सक्नुहुन्छ । अहिले उनले सञ्चालन गरेको एवि वेभरेजमा करिब ५ करोड लगानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij