२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

रौतहट जिल्ला अदालतले आफ्ताब आलमलाई जन्मकैदको फैसला

रौतहट जिल्ला अदालतले आफ्ताब आलमलाई जन्मकैदको फैसला

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री आफ्ताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।

आज रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले दुईजनालाई जिउँदै इँटा भट्टामा हालेर ज्यान लिएको आरोपमा दोषी ठहर गर्दै आलमसहित चार जनालाई सजाय सुनाएको हो । जन्मकैद पाउनेमा आलम, उनका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन् ।

२०६४ चैत २७ गते संविधानसभाको चुनावलाई प्रभावित पार्न रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

विस्फोटमा घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइतेलाई आलमले पोल खुल्ने डरले जिउँदै भट्टामा हालेर हत्या गरेका थिए । घटनामा पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जलाएर मारेको प्रहरीको दाबी छ । उनले चुनावलाई प्रभावित बनाएर विजयी बन्ने रणनीतिका साथ भारतबाटसमेत बम बनाउने मान्छेलाई ल्याएका थिए ।

आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराधसंहिताको दफा ९१७७० अन्तर्गत ज्यानसम्बन्धी कसूर ज्यान मार्ने उद्योगमा जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij