भैरहवा । रुपन्देही जिल्लाको रोहिणि गाउंपालिकाको रोहिणि खोलामा तेल भण्डारण होला कि नहोला अन्योल जस्तै छ ।
१४ बिघा ७ कठ्ठा जग्गामा यहि बैशाख ५ गते भुमि सम्याउने तथा रिटेनिङ बाल निर्माणको तामझामका साथ सुभारम्भ भयो ।
अझ रोचक त के छ भने, उक्त कार्यक्रममा रोहिणि गाउंपालिकाका अध्यक्ष विद्या प्रसाद यादब र ओमसतिया गाउंपालिकाका अध्यक्ष मन्जित यादबले दुबै प्रमुख अतिथिका रुपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।
अहिले बर्षादमा उर्लिने खोलाको भेलले तेलको भण्डार कसरी होला आम चासोको विषय बनेको छ ।
अहिले बिबाद र मुद्दा खेपिरहेको सोही प्रोजेक्ट सफल बनाउनका लागि पुनः आयल निगम लागेको छ । तर स्थानीय तथा जनकारहरु बर्षादको भेलमा तेल भन्डारण हुन कठिन हुने बताउँछन ।
स्थानीय नरेश यादबले बिबादित जग्गामा आयल निगम लाग्नु, सुभारम्भमै राजधानीबाट दर्जनौं पत्रकारलाई प्लेन खर्च, स्टार होटेलमा बसाएर सकारात्मक समाचार लेख्न लगाउनु आफैमा सन्देह पैदा गरेको बताउँछन । उनले स्थानीयलाई कम रेट मा जग्गाको मूल्य दिएर बिचौलिया हाबी भएको बताउंछन ।
बर्षादको समयमा गाउंनै डुबानमा पर्ने रोहिणिकै बगर नेपाल आयल निगमले बिबादका बीच पुनः रोज्नु रहस्यमय बनेको छ । स्थानीय एक नेताले जग्गाको ठुलो चलखेल भएको बताए । उनले ठुलो चलखेल भएकैले आयलनिगम खोलामा तेल भन्ण्डारणका लागि लागेको बताए ।
नेपाल आयल निगमका उपनिर्देशक तथा प्रोजेक्ट प्रमुखका रुपमा आएका प्रदिप यादबले बिबाद समाधान भएकाले अब प्रोजेक्ट सफल हुने बताए । हिंजोका बिबाद समाधान भएका छन्, कारबाहीमा परेका छन्, आयल निगमले आफ्नो जग्गामा अब आफ्नो तरिकाले काम गर्दै जान्छ । यादबले भने ।