२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

रेडियो…….

रेडियो…….

बिहान दस बज्दा नबज्दैको स्कुल हिडेकों छोरो दिन भरी हलो जोतेर थाकेको गोरु झै सांझ अबेर घर फर्कियो,हतार हतारले भात खायो घप्लक्क सुत्यो न अँध्यारो हुँनुको डर न उज्यालो हुँदैनन कि पिर, राती जस्तो सुत्यो बिहान उस्तै उठ्ने कलिलो बच्चो एक दिनको बिहानले घाम सङ्गैको नाक मुन्तिर    जुँगाका रेखीहरु पनि साथमा लिगेर बिंउझिएछ साला जुँगा राती नै हुर्केथ्यो होला बिहान हुंदा नहुंदैको लक्का जवान ठिटो बनिएछ।म मान्छे तेत्तिकै बूढो हुँन्छन होला सोंच्थे कैयौं रातहरु अनि कयौं दिनहरुले हतार  गरेको हुंनु पर्दो रहेछ जिन्दगी तेत्तिकै जवान हुँने होला ठान्थें तर पहिले नाक मुन्तिरका जुंगाहरु हतार हतारले जवान भएको हुंन पर्ने रहेछ।

टुट टुट टुट टु उउउ………………………..

यो रेडियो नेपाल हो

हरिसरण लामीछानेबाट साझ सात बजेको समाचार सुन्नु होस ।

मेरा जुङाका रेखीहरु म जस्तै कलिलै हुँदै गर्दाका दिनहरु बाटै घर रेडियो थियो। रेडियो भित्र टुट टुट टु थियो ,हरि सरण लामीछाने थियो, मुना चिया थियो, टोकला चिया थियो, गोरखकाली टायर थियो, मलाई रात पर्नु अगाडि सात बज्न पर्छ भन्ने कुरा रेडियोले भन्थ्योँ । मेरा जु्गाहरुले हतार नगार्दाका दिनहरुमा वरपर मान्छेहरुले पनि हतार गर्दैन्थे सायदै कसैले हातमा मुस्किलले घडी लगाउथे् तर जस्ले घडी लगाए पनि उस्ले सबैलाई सात बजाई दिन्थ्यो । त्यसो त धेरैको घरमा रेडियो पनि थिएन तर पनि सात बज्थ्यो अनि हरिसरण लामिछाने आउथ्यों एकोहोरो समाचार फुक्थ्यो देश बिदेश राजा नेता अलिअली जनताका कुरा सुनाउथ्यो । हरिसरण भन्ने मान्छे बोल्दा बोल्दै फेरि एक फेर मुना चिया टोकला ,चिया भन्ने मान्छे आउंथ्यो गोरखकाली टायर भन्ने मान्छे आउँथ्यो त्यो बिज्ञापन रहेछ हरिसरण भन्ने मान्छेले बिज्ञापन पछि अब फेरि बाकि समाचार भन्थ्यो अलि बेर बिदेशका कुरा सुनाउथ्यो अलि बेर खेलकुदका कुरा सुनाउंथ्यो अलिबेर मौसमका कुरा सुनाउंथ्यो। दिपायल सिलगढीको अधिक्तम तापक्रम  द्दछ डि सेल्सियस भनि सकेर बुलेटिनको अन्तमा प्रमुख समाचार पुंन एक पटक भन्थ्यो। उस्ले हेक्का राख्दैन्थ्यो तेई समाचार उस्ले तीन फेर बोलि सक्यो उ अझै एक फेर भन्थ्यो र निस्कन्थ्यो। रेडियोको घडिले कति बजाउथ्यो थाहा भएन जस्को हातमा घडी छ उस्को घडिले साढे् सात बजाउथ्यो कत्तिका रेडियो बन्द हुन्थे,कतिका रेडियोले घटना र बिचार पर्खन्थे । मेरो कानले सुरुको हरिसरण र अन्तिमको हरिसरण मात्र सुन्द्थ्यो बिचको समचार न बुझ्नु न सुन्नु मेरो त सात बजे पछि रात पर्थ्यो रात परे पछि भात पाक्थ्यो भात पाके पछि निद्रा पाक्थ्यो निद्रा पाके पछि केहिले कसो सपना पाक्थ्यो कहिले तेत्तिकै उज्यालो हुन्थ्यो बिहान कोमल ओलिले सात बजाउथिन र उज्यालो बनाउंथिंन।मेरो रात पनि रेडियोले पारि दिन्थ्यो दिन पनि रेडियोले नै बनाई दिन्थ्यो। रेडियो भित्रको मान्छे नहुने भए मेरो पनि धेरैको जस्तै रातै नपर्ने धेरैको जस्तै उज्यालै नहुने अनि धेरैको जस्तै सातै नबज्ने रहेछ ।

गाउँ तिर भर्खर बिजुलिका तार बिछ्याईदै थियो तार भुई मै थिए तर मान्छेका सपना घर घर बलि सकेका थिए । घर तिर दिनहुँ बिजुलीको खब्बा र तार बोकेका लामा लामा टड्क आउदैँ जाँदै गर्थे । म जस्तै हतार हतारमा जवान हुँदै गरेकाहरु र हतार हतार बुढा हुँदै गरेकाहरु लामा लामा टडकले बोकेका लामा लामा बिजुलिका तार र लामा लामा बिजुलीका खम्बा हेर्न बाटो भरी निसकन्थ्यौं । सायद निकुञ्जले घेरिएको ठाउ्मा बस्ने मान्छे भएकाले होला यो लेखको कल्पना गर्दै गर्दाको समय सम्म पनि मेरो गाउको बिजुलीको पोलहरुमा बिजुलि भनेको  मिल्किनी जस्तै हो जस्तै गरि बसि रहेको छ।बत्ती नै बल्दैन भनियों भने मैले नजान्दाका दिंनहरुबाट बिजुलिका तार अडाईने खांबो गाडिएको हो लाजै मर्दो हरेक खाबोलाई अड्याउने गरि अर्को खांबो गाडी सकियो तर पनि गाडे जती खाबोंले बत्ती बाल्न सकेंन।चाहिएको बिजुलि थियो बत्ती थियो तिनै खाबों मात्रै दुई फेर आए तर बत्ती आएंन,भुई सम्म आएका बिजुलीका तारहरु घरका आगन सम्म पुगे खेल्ने चौर सम्न पुगे खेतमा पुगे बारीमा पुगे परालका टौवामा पुगे गोठमा पुगे तर जहाँ बाट बत्ति आउंन पर्ने हो त्याँ बाट आएन जहाँ सम्म पुग्न पर्ने हो त्याँ सम्म पुगेन।नाइलनको डोरि महङ्गा हुँदै गए तामाका डोरिमा कपडा झुन्डियो पराल झुन्डियो तर बुलुप झुन्डिएन।हतार हतारले देखेको बिजुलीको बत्ती बलेको सपना अबेर सम्म पनि पूरा भएन।लामालामा खम्बा वरपर झुन्डिएका तामाका तारहरुमा रेडियो आयो रेडियोको आयो तर बिजुलि आएंन। रेडियो पनि म जस्तै हतार हतारले जवान हुँदै थियो मुस्किलले एउटा घरमा मात्र देखिने गरेको रेडियो हतार हतारले रेडियो नभएको घरै देखिन छोड्यो। रेडियो भनेको नेपाल मात्रै हो भन्ने जान्दै गरेको मैले हतार हतारले रेडियो भनेको पोखरा पनि हो बुट्वल पनि हो चितवन पनि हो जान्न थाल्यो रेडियो भनेको सिनर्जी एफ एम ढज्ञ।ण्ट मेघाहर्ज पनि हो अनि रेडियो भनेको कालिका एफ एम ढछ।द्द पनि हो जान्न थाल्यो।

मावोबादी आन्दोलन सतहमा साम्य हुँदै थियो।एउटा नयाँ युग र  परिवर्तनको आश बोकेका जनता सडक देखि सदन सम्म जिन्दवाद मुर्दाबादका नारा घन्काई रहन्थे।म हतार हतारले जवान हुँदै गरेको यतार्थलाई यो आन्दोलनले कत्ती पनि बिथोलेन न त हतार हतारले जवान हुदै गरेको मैले यो आन्दोलनलाई बिथोल्ने प्रयत्न नै गरें।आन्दोलन एउटा पाटोमा हुर्कदै थियो जवान हुँदै थियो म अर्को दिशामा हुंर्कदैं थिएं अनि जवान हुँदै थिए बस अलिकति देखिने गरिको फरक रेडियो पत्रकारिता र टेलिभिजन एंन सम्बन्धि नयाँ क्रान्तिले लिगेर  आयो जिल्ला पिच्छेकै रेडियो टेलिभिजन स्टेशन  र पत्रीकाहरुको बिस्तार हुन थाल्यो बिजुली पसल देखि टिभि रेडियो घडी पसल सम्मको ब्यापार दुई चार छ आठ गुणाले बढेर गयो मानिसहरु आन्दोलन मुढभेढ र हमला बाहेकका कुराहरु पनि रेडियोमा सुन्न सक्ने हुंन थाले रेडियोले नया साल बढा दशै ह्याप्पी तिज ह्यापि तिहारका सुभकामना गाउन बजाउन थाल्यो हरिशरण दाइ हराए नयाँ दाईहरु रेडियोमा घन्किन थाले नमस्ते यो रेडियो फलानो सुन्दै हुनुहुन्छ यस्तो कार्यक्रम नमस्ते म फलानी सुन्दै हुनुहुन्छ उस्तो कार्यक्रम गुन्जिन थाल्यो।लाहुरे र नेताले मात्रै फर्माईस भनेको सुनिने रेडियोमा साथी भाई र आफन्तीको नाम पनि सुंनिन थाल्यो रेडियो पनि हतार हतारले साथी बन्दै गयो रेडियोका मानिस र कार्यक्रम हतार हतारले हाम्रो साथी बन्दै गए मेरो साथि बन्दै गयो।रेडियो र रात बिचको गज्जबको तालमेल बस्न थाल्यो मलाई सात बजेसि रात पर्छ भन्दिने रेडियो हतार हतारले अब रात पर्न बार्ह बज्न पर्छ भन्ने हुंन थाल्यो। रेडियो आफैले प्रत्यक्ष देख्न सुन्न नसके पनि अप्रत्यक्ष रुपमा हतार हतारले म जवान हुँदै गएको साक्षी बन्दै गयो ।

आधा काटिएको साइकलको रिङ्ग वरि परि बेरिएको तामाको तार घरको छत माथि बाट झ्यालको बाटो भएर मेरो कोठाको किताब राख्ने टेबुल सम्म आई पुग्यो अर्को एउटा कालो रातो तार आंगनको बाटो भएर तल पातल सम्म गएर बिलायो।पातल सम्म गएको तारले चट्याङ छेक्ने रहेछ टेबुल सम्म आएको तारले मात्रै रेडियोको आवाज बोकेर ल्याउंने रहेछ।मैले कहिलै पढ्न र बुझ्न नसक्ने गरि सानो चाइनिज अक्षरमा लेखिएको रेडियो मेरो नयां साथी बन्न कोठामा आएर बसेको रहेछ त्यो रेडियो ल्याईदिने मान्छे पनि म चिन्छु मलाई साईदुवा भन्छन नाताले बा हु्न साथी जस्तै छन रेडियोमा बज्ने समचार बिज्ञान विषयक कार्यक्रम साहित्य संगीत र सिर्जनाका कार्यक्रमले मेरो बौद्धिक बिकासकाई तिक्खर पार्दिन्छ भन्ने सोंचले बुढाले रेडियो ल्याईदिएछ्न ,रेडियो बजाउंने तार ल्याईदिएछन नत्र मलाई त रेडियो यहाँ नीर पाईन्छ भन्ने पनि के थाहा थियो होला र न त गोजिको पैसाले आउंने नै थियो स्कुल जांदा बाटोमा चौधरी रेडियो हाउस र सन्तोष टिभी एन्ड रेडियो सर्भिस  लेखिएको दुईटा नयाँ पसल देखेको त हो तर यहाँ नयाँ रेडियो टिभी खरिदका साथै मर्मत पनि गरिन्छ लेखिएको याद गरेको थिइन मैले अर्को अर्को दिन स्कुल जांदा याद गर्न थाले तर पनि मलाई धेरै समय सम्म मेरो रेडियो कुन पसल बाट किनेको हो थाहा हुंन सकेन चौधरी रेडियो सर्भिसले पनि लेखेर झुन्ड्याएको थिएंन सन्तोस टिभी हाउसले पनि लेखेर झुन्ड्याएको थिएंन उनिहरुलाई तेई यहाँ टिभी रेडियो बिक्रि तथा मर्मत गरिन्छ भन्ने कुराको मात्र हेक्का हुने रहेछ।

हतार हतारले सबै कुरा बदलिदै गए म हतार हतारमा आंठमा पुंगे फेरि हतार हतारमा नौं मा पुगें फेरि दशमा पुगें म हतार हतारले निकै जवान देखिन थालें कम्तिमा मेरा सोचंहरु हतार हतारले  जवान हुँदै जान थाले मेरो दिन मेरो रात अनि मेरो रेडियो पनि जवान हुँदै जान थाल्यो तर चौधरी रेडियो हाउस र सन्तोष टिभि हाउसमा झुन्डिएको साइन बोर्डले कहिलै हतार गरेको देखिएन त्यो बोर्डले अझै तेई पुरानो नोटिस झुन्ड्याई रहेकै थियो यहाँ रेडियो टिभी मर्मत तथा बिक्री गरिन्छ ।अलि अली अक्षरहरु हतार हतारले मेटिंदै जान थालेका थिए चौधरी रेडियो सर्भिसको बोर्ड अझैं धेरै हतारले खुईलिएको थियो चौधरी को ूधू हटेर चौरी मात्रै पढ्न पाईन्थ्यो सर्भिसको अगाडि पछाडीका स हरुको बुट्टा पनि राम्रै भरिएको जस्तो पढ्न मिल्ने भएको थियोे ूचौरि रेडियो र्भिूजस्तै। सन्तोस टिभी हाउसले नयाँ बोर्ड बनाउंदै झुन्ड्याउँदै गरि रहन्थ्यो उस्को ब्यापार पनि राम्रै चलेको देखिन्थ्यो रेडियो टिभी घडी अब त उस्का दोकानमा फ्रीज अनि पखा पनि पाईन थालेका थिएं उ सस्तोमा सामान बेच्थ्यो मर्मत पनि सस्तैमा गर्थ्यो। कहिले काहिं त सित्तैमा पनि गरि दिन्थ्यो मेरो रेडियो पनि म नौं मा हुंदा आवाज आउंने जाने हराउंने भएको बेलामा उस्ले सित्तैमा बनाई दिएको थियो मलाई तेत्ती बेलै लागेको थियो मेरो रेडियो बेच्ने पसलको नाम सन्तोष रेडियो एन्ड टिभी सर्भिस रहेछ भनेर तर मैले उस्लाई  सोधिन दाइ कति पैसा भयो भनेको बेलामा पर्दैन भयो भाइ भनेको थियो तेत्ती हो ।

रेडियो आफैं बज्दैन मलाई बिस्तारै थाहां हुँदै जान थाल्यो रेडियो बज्न धेरै कुराहरु चाहिने रहेछ मलाई बिस्तारै थाहा हुँदै गयो ।सुरु सुरुमा घर रेडियो हुंदा रेडियो भित्र हामी जस्तै मान्छे हुन्छन जस्तो त मलाई पनि लागेकै हो तर कता बस्छन के के गर्छन न सोध्ने न बुझ्ने न पढ्नै मिल्ने।मैले रेडियो बज्न ब्याट्री चाहिन्छ भन्ने सम्म पहिलै जानेको थिएं गाउंमा बिजुलि आउलांन थिएन बत्ति आउंलाँन थिएंन रेडियो बज्न ब्याट्री चाहिन्छ भन्न जान्नुको विकल्पै पनि थिएन।तिनै रेडियो भित्र बज्ने गरेका सिनर्जी रेडियो कालिका रेडियोले पनि गाउंमा बत्ती आउँछ कहिलै भनेनेन अब रेडियो बज्न ब्याट्री नचाहिने हुँदै छ कहिलै सुनाएनन एकोहोरो गितै बजाउंथे समाचार बजाउंथें देश दुनियाँ जगत सप्पै वजाउथे एक फेर त आकाशको कुरा पनि बजाए भारतकि कल्पना चावला पहिलो भारतीय महिला अन्तरीक्ष यात्री बनिन तर आकाशमै हराईन पनि सुनायो।रेडियोले सबै थोक बजायो तर गाउंमा बिजुलि आउँने कहिलै बजाएन।बिजुली आउंने कुरा कहिलै बजेनन तर रेडियो  बज्ने कुरा कहिलै छोडेन मलाई तेति बेला पनि रेडियोमा बोल्ने मान्छेलाई भेटे भने हाम्रो गाउंमा बिजुली आउने कुरा किन नबजाएको सोध्थे होंला जस्तो लाग्थ्यो अब त माहोल पनि फेरिदै गयो म पनि फेरिदै गए त्यो रेडियो भित्रका मान्छे पनि फेरिदै गए रेडियो फेरिदै गयो रेडियो बज्ने बजाउंनेहरु फेरिदैं गए ।

सात सकेर आठ पढ्ने बेला अनि दस सकेर दस तिरै हल्लि रहने बेला जत्तिको आनन्द रेडियो सुन्दा कहिलै आएन।रेडियोमा बोल्नेहरुले पनि उत्तिकै जानेका हामी जस्ता जुल्फे कपाल पाल्दै काट्दै गर्नेहरुलाई यस्तै कुरा बजाई दिन पर्छ थाहा पाएकै जस्तै तेरे नाम हम्ने किया है जीवन अपना सारा सनमू दिनको सात फेर बजाईदिए पछिको पनि सुत्ने वेला दुई फेर सुन्न मन लाग्ने जस्ता हामी थियौं तिनै  गित दश फेर बजाई दिए पछि मात्रैको रेडियो चल्छ जत्तिका उनिहरु थिए।रेडियोमा फोन गर्न पाइने हुन थाल्यो आफ्ना रोजाईका गित बजाई देउ न भन्न सकिने हुन थाल्यो तेरे नाम हम्ने किया है जीवन अपना सारा सनमू गित मेरा साथिहरु रबिन पवन दिपक र ज्योतीलाई सुनाउंन चाहान्छु भन्न मिल्ने समय आयो ज्योतिलाई एक्लै सुनाई दिनुस भन्न नमिल्ने भएकोले दिपक पवन र रबिनेको नाम जोड्न परेको कुरा चाई रेडियोमा भन्देउ है भन्न कहिलै मिलेन। फोन गर्न भ्याउनेले फोन गर्थे फोन गर्न नभ्याउंनेले चिट्ठी लेख्थे चिट्ठी लेख्न पनि नभ्याउनेले मन मनै यो गित बजाए नि हुंने नि भन्थे कहिले काहीँ झुक्किएर मनले बजाए पनि हुनें भनेकै गित पनि बज्थे । रेडियो आफुं बोल्थ्यो हाम्रो कुरा सुन्दथ्यो कि नाई त थाहा भएन तर हाम्रो सप्पै कुरा थाहा पाउंछ र भन्छ जस्तै लाग्थ्यो कहिले काहीँ त मेरो नजिकको साथी यहि हो मैले केही नसुनाए पनि मेरो सप्पै कुरा बुझ्छ मलाई हसाउछ रुवाउछ झ्याउ लागेको अल्छी लागेको भोक लागेको सबै महसुस गर्छ जस्तो लाग्थ्यो।

दश कक्षाको परिक्षा सुरु हुन तीन महिना समय बाकि थियो स्कुलमा बिहान र बेलुका एक्स्ट्रा क्लास चल्न थाल्यो बिहान कोमल ओलिले सात बजाउन भन्दा पहिलै म  स्कुल जान थाले। स्कुल नजिकै चौधरी रेडियो सर्भिस पर्थ्यो म चौधरी रेडियो सर्भिस लेखेको पढ्दै पढ्दै स्कुल पुग्थेँ।एक दिन बिहान बिहानै चौधरी रेडियो हाउसको अगाडि निकै धेरै मान्छे जम्मा भएको देखेँ।चौधरी रेडियो हाउसको अगाडि एक हुल पुलिस पनि देखें।भिड बिस्तारै भिड जस्तै बन्दै गएको देखें पुलिसले भिड हेर्न आउंने मानिसहरुलाई सिठ्ठी फुकेर लौरोले घोचेर अनि हल्ला गरेर पर पर सर्न भन्दै थियो। म भिडको नजिकै भएर स्कुल जाँदै थिए। भिडले मलाई देख्यो मैले भिडलाई देखें मैले पुलिसलाई पनि देखें ।पुलिसले मलाई हेर्यो तर चिनेन मैले पुलिसलाई चिनेको जस्तो उस्ले चिनेन चिनेको भए पर पर जा भन्थ्यो तर भनेन म आफैं पर पर गए। भिड किन भिड जस्तै उभिंदै छ मेले थाहै पाईन। म स्कुल पुगे म स्कुल नपुग्दै अरु स्कुल पुगि सकेका रहेछन। म अरु भएका ठाउँ पुगे अरुले चौधरी रेडियो सर्भिसको कुरा गर्दै रहेछन राती सङ्गै भात खाएको थियो रे कति बेला झुन्डिएछ कसैले थाहै पाएननू।चौधरी रेडियो पसल पहिलेको जस्तै चल्न छोड्यो मोहन चौधरीले झुन्डिएर आत्महत्या गर्यो ऋण लागेका मानिस लिन काल आफैं आउदैन रे झुन्डिएर मर्नु पर्छ रे। मैले काल सम्झे मैले चौधरी रेडियो सर्भिस लेखेको टिनको पत्ता सम्झें चौधरी रेडियो सर्भिस सम्झे यत्रो भुँडी भएको मोहन चौधरी सम्झे चौधरी रेडियो सर्भिसको साहु झुन्डिएर मरेको डोरि सम्झे् ऋण सम्झेँ उस्ले बेच्ने गरेका रेडियो सम्झें रेडियोमा बज्ने गरेको समाचार सम्झेँ समाचारले चौधरी रेडियो सर्भिसको साहु झुन्डिएर मरेको छ पनि भनेन दुई चार दिन चौधरी रेडियो सर्भिसको बाटो भएर स्कुल जान पनि डर लागि रहयो दुई चार दिन ऋण लागेका मान्छे झुन्डेर मर्दा रहेछन लागि रहयो दुई चार दिन झुन्डिएर मरेको मान्छेको कुरा रेडियोले भन्दो रहेन्छ लागि रहयो।तीन महिना कट्यो एस एल सि परिक्षाको समय कट्यो अब म थिएं मेरो सानो चाइनिज रेडियो थियो गित थियो फर्माईस थियो घन्टा घन्टामा बजि रहने समाचार थियो बेला बखतमा झ्यालको बाटो भएर पढ्ने टेबल सम्म आई पुगेको तारले रेडियो बजाउंन छोड्थ्यो म दिन भरीको समय खर्चेर आधा काटिएको साइकलको रिङ्ग यता सार्ने उता मिलाउंने गर्थे रेडियो गज्जबको साथी बनेको थियो उमेर मिलेर होला समय मिलेर होला रेडियो भित्रको गित मेरो रेडियोमा बोल्ने मान्छे मेरो बनेका थिएं।घरै पिच्छे बज्ने गरेको रेडियो हतार हतारले  हातै पिच्छे बज्दै गएको थियो, रेडियोमा मात्रै बज्ने गरेको रेडियो हतार हतारले  मोबाइलमा पनि बज्ने भएर आउंन थालेको थियो किताब राख्ने टेबुलमा मात्रै बज्ने गरेको रेडियो हतार हतारले भान्सामा आंगनमा बाटोमा चौरमा सबै तिर बज्ने भएर आउंदै गरेको थियो।

रेडियो बज्ने बजाउने सिल सिला पढ्ने कोठा र बिस्तारा हुँदै बाटै बाटो भएर खेल्ने चौर अनि खोलाका डिल डिल सम्म पुग्न थाल्यो।सांझ भात खाए पछिको दस खोलाको छेउ छाउ र चौर तिर बज्न थाल्यो। खोलाको चौर आफैंमा शान्त हुन्थ्यो दिन भरी रात भरी बगि रहने पानी र बगेको पानी नियालेर बसि रहने चौरहरु पनि रेडियोको धुंन अनि सुरमा मस्त देखिन्थे कोहि कोहि चुरोट सल्काएर जवानी देखाउथे कोहि कोहि चुरोट जस्तै जस्तै कुरा सल्काएर जवानी देखाउंथे।म वर परका म भन्दा साना अनि म जत्रै साथीहरु बोकेर खोलामा जान्थे रेडियो बहाना हुन्थ्यो हामी सबैको साथी बन्थ्यो आफ्नो तालमा गित बजाउथ्यो बिज्ञापन बजाउथ्यो समाचार बजाउंथ्यों।हामी हाम्रा गफमा मस्त हुन्थ्यौं नया नया जवान हुँदै गरेको गफ हतार हतार जवान भएको गफ रेडियोमा बज्ने गित अनुसारको गफ हतार हतारले चल्दै गुज्रिदै गरेको जिन्दगीको गफ।गित र समाचार बज्दा बज्दैको एघार बज्ने हुन्थ्यो एघार बजे अर्को एउटा चुरोट सल्काएर जवानी देखाउने मध्यकोले अन्तिम खिलि चुरोट सल्काउँथ्यो रेडियोले दिनको अन्न्तिम पल्ट  तेरे नाम हमने किया है जीवन अपना सारा सनमू बजांउथ्यो रेडियोले सारा सनम भनेको हावामा उडेर खोलै खोला जान्थ्यो चुरोट सल्काउनेले  रेडियोले सारा सनम भनेकै बेला पारेर चुरोटको सर्को लिन्थ्गो र हावामा उडांथ्यों।रेडियो ले भनेको सारा सनम र चुरोटको धुवा सङ्गै सङ्गै उडेर खोलाको पानी सङ्गैं बगेर जान्थे हामी बिस्तारै बिस्तारै घर फर्कन्थौं सारा सनम र धुवाँ अलिक बेर देखिन्थ्यो सुनिन्थ्यो हराएर जान्थ्यों।म घर पुग्थें बिस्तारमा पुग्थे रेडियो स्या मात्रै गर्ने बेलाको समयमा पुग्थ्यो म हतार नगरी रेडियोको आवाज बन्द गर्थे र सिरानी समाउथें अनि हतार नगरि नगरी निद्रा बोलाउंथे।

ब्रेकिङ्ग न्युज…………………..

नमस्कार कालिका ब्रेकिङ्ग अपडेट११नमस्कार सिनर्जी ब्रेकिङ्ग न्युज ।।

भर्खर प्राप्त समाचार अनुसार परिक्षा नियन्त्रण कार्यलय सानो ठिमी भक्तपुरले यस बर्षको एस एल सि परिक्षाको नतिजा सार्वजनिक गरेको छ।।।।।।।।।।।।।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij