२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा 

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा 

  • आइतबार, जेष्ठ १२ २०८२

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गर्दै उहाँमाथि उठेका आरोपको निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ। शनिबार बसेको पार्टीको आकस्मिक भर्चुअल केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा रास्वपाले विगतमा सांसद लेखकले नै “प्रश्न उठेपछि पद त्यागेर छानबिनमा सहयोग गर्नुपर्छ” भन्ने धारणा राखेको स्मरण गराउँदै, अब आफैंमाथि प्रश्न उठेको अवस्थामा गृहमन्त्रीको पदमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने उल्लेख गरेको छ।

रास्वपाले यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुनु वा अस्थिरता बढ्नु नेपाली राजनीतिप्रति जनमानसमा घृणा बढाउने कारक बन्न सक्छ भन्दै संयमित भूमिका निर्वाह गर्न सत्तापक्ष र विपक्ष दुबैलाई सुझाव दिएको छ।

बैठकमा रास्वपा सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको विषयमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसला सदर गरेसँगै, कानुनी प्रक्रिया स्वीकार गर्ने निर्णय गरिएको छ। तर, सहकारी प्रकरणलाई जबर्जस्ती जोडेर तथ्यहीन र आधारहीन तर्कहरूका आधारमा राजनीतिक प्रतिशोधस्वरूप लामिछानेमाथि कारबाही गरिएको आशंका पार्टीले व्यक्त गरेको छ।

रास्वपाले न्यायपालिका प्रतिको जनविश्वास कायम रहोस् भन्ने चाहना व्यक्त गर्दै, अदालतमार्फत निष्पक्षता सुनिश्चित हुनु जरूरी रहेको जनाएको छ। साथै, सहकारी प्रकरणमा सहकारीको बोर्ड सदस्य तथा वास्तविक अपचलनमा संलग्नहरूप्रति सरकारको मौनता र फरक व्यवहारप्रति पनि आपत्ति जनाएको छ।

पार्टीले न्यायको पक्षमा उभिने र आम जनताको भावना अनुसार राजनीतिक अभ्यास अगाडि बढाउने प्रतिबद्धता पनि दोहोर्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij