काठमाडौं, २९ चैतः सहजीकरण नागारिक विद्राेहद्वारा राष्ट्र र राष्ट्रियता जोगाउने अभिभारा अब आम नेपाली नागरिकमा भन्ने सन्देश पुर्याउने उद्देश्यले राष्ट्रवादी नेपाली पात्रो तयार पारिएको छ ।
नागरिक विद्रोह सचिवालय सदस्य एवं सम्पर्क प्रमुख चिरञ्जीवी भट्टराईले यही चैत्र ३० गते एलो पेगोडा होटल काठमाडौंमा उक्त नेपाली पात्रको विमोचन गरिने जनाएकाे छ ।
विमोचनमा समाजका विशिष्ट व्यक्तिहरू, राजनीतिक व्यक्तिहरू एवं स्वतन्त्र विचारकहरुलाई विशिष्ट अतिथिको रुपमा बोलाइएको आयोजक जानकारी दिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij