२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

राष्ट्रवादी केन्द्र नेपालको व्यापक विरोध र्याली, स्वदेशमै सम्भावना खोज्नुपर्नेमा जोड

राष्ट्रवादी केन्द्र नेपालको व्यापक विरोध र्याली, स्वदेशमै सम्भावना खोज्नुपर्नेमा जोड

बेरोजगार वर्गको मुक्ति नेै राष्ट्रमुक्ति भन्ने मान्यतामा आधारित रही विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको राष्ट्रवादी केन्द्र नेपाल विगत २ बर्ष देखी निरन्तर रुपमा सबै नेपालीहरुलाई आधारभूत अधिकार स्थापनाको निम्ति आफ्नो संगठनमा संगठित गर्दै अघी बढिरहेको छ ।

नेपाल निकै नै सम्भावनापूर्ण मुलुक हुँदाहुँदै पनि यहाँका युवाहरु रोजीरोटीकै लागि विदेशिइरहेको अवस्थामा नेपालमा नै रोजगारीको ग्यारेन्टीको लागि विभिन्न क्षेत्रका व्यक्तिहरु संलग्न हुँदै उद्यमशिलतामा लाग्न सकिन्छ भन्ने चेतना समेत यस संस्थाले जगाउँदै आए

को छ ।
नेपालका व्यवसायी तथा नेपाली लगानीकर्ताको लगानीको समेत सुरक्षा गर्दै नेपाली स्रोत साधनको परिचालन गर्नसके नेपालमा प्रयाप्त सम्भावना रहेको यस संस्थाको बुझाई छ ।
राज्य सत्ताले जनताका यस्ता आधारभूत मागहरु पूरा गर्नुपर्ने तर यदि नसक्ने हो भने अव नेपाली युवा तथा वुद्धिजिवी वर्गहरु सडकमा ओर्लनुपर्ने र आन्दोलन नै छेड्नुपर्ने अवस्था आउने अवस्थाको समेत यस मोर्चाले जानकारी गराएको छ ।
यसै बमोजिम नै बैशाख १५ गते नेपाली झण्डा सहित १० औ हजार व्यक्तिहरुको उपस्थितिमा व्यापक र्याली निकालेको यस संगठनले उक्त र्याली शान्तिबाटिकामा पुगेपछि कोण सभामा परिवर्तन गरेको छ । यस कार्यक्रमलाई मोर्चाले सांकेतिक विद्रोहको रुपमा लिनको निम्ति समेत नेपाल सरकारलाई सचेत बनाएको छ ।
नेपालमा भएका सम्भावनाहरुलाई नै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै आएको यस संगठनले सुन बेचांै, पानी बेचौं, जडिबुटी बेचांै तर मान्छे बेच्न पाइँदैन भन्दै माटो, झण्डा, युवा, श्रम र स्रोतसाधनलाई बचाइराख्न पनि अब राष्ट्रबादीहरु एक भइ समृद्धीका निम्ति अघी बढ्नुपर्ने कुरामा जोड दिँदै आएको छ ।
शनिवारको विरोध र्यालीमा पनि यिनै कुरालाई सम्बोधन गर्नुपर्ने माग गर्दै स्वदेशमै रोजगारी तथा न्युनतम मासिक तलव ३० हजार तलब, रोजगार नभए बेरोजगार भत्ताको ग्यारेण्टि, माटो सुहाउँदो शिक्षा प्रणाली, निशुल्क शिक्षा र स्वास्थ्य, लगानीको सुरक्षा र व्यवसायीक स्थायित्व लगायतका विषयहरुलाई यस मोर्चाले जोडदार रुपमा उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij