
काठमाडौं- लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश, २०८१ जारी भएकाे छ।
राष्ट्रपति रामचन्द्र पाैडेलले नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम अध्यादेश जारी गरेका हुन्।
वैशाख १० गते बसेकाे मन्त्रिपरिषद्को बैठकले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेकाे थियाे।
लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत् नाैवटा कानुन संशाेधन गरिएकाे हाे।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij