२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा

  • शनिबार, फाल्गुन १७ २०८१
eQmk'/, !& kmfug M …/fi6«sf nflu b'O{ 306f cleofgÚn] zlgjf/ dWok'/lyld gu/kflnsf–! nf]sGynLl:yt c/lgsf] /fhdfu{v08df ;~rfng u/]sf] ;/;kmfO{ cleofgdf ;xefuL xb} jfudlt k|b]zsf :jf:Yo dGqL ls/0f yfkf . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर, १७ फागुन : आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुग्नुभयो बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ ले एक सय चार हप्ताको सफाइ अभियानका क्रममा आज बिहान अरनिको राजमार्ग सफाई कर्यक्रममा अभियन्ताको टोलीसँगै मन्त्री थापा पनि हातमा कुचो र डस्विन लिएर सफाइमा तल्लीन हुनुभयो ।

कार्यक्रममा मन्त्री थापाले सडक सफाइमा स्थानीय तह र स्थानीयवासीलाई जिम्मेवार बनाइनुपर्ने बताउँदै सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न सकिने गरी भक्तपुरमा ट्रमा सेन्टर निर्माण गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अरनिको राजमामार्ग खण्डमा दुर्घटना भइरहन्छ । पूर्वबाट आउने सवारीसाधन दुर्घटना हुँदा सिधै काठमाडौँमा घाइतेलाई पुर्‍याउँदा ज्यान जोखिम हुन्छ, त्यसैले भक्तपुरमै एउटा ट्रमा सेन्टरको आवश्यकता रहेकाले राजमार्गमै सञ्चालित सूर्यविनायक नगर अस्पतालाई अब प्रदेश सरकारले ट्रमा सेन्टरका रुपमा विकास गर्ने भएको छ ।”

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रुपमा स्तरोन्तति र विकास गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै उहाँले आउँदो आवमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।

अभियानको चौथो चरणको स्वदायित्व बोध कार्यक्रम र सुरक्षित राजमार्गका लागि ट्राफिक कार्यालयको सहकार्यमा सडक र गाडीमा सुरक्षित सडक प्रयोगकाबारेमा जनचेतना फैलाइएको अभियन्ता नवराज काफ्लले जानकारी दिनुभयो । उहाँले एक सय चार हप्तासम्म अभियान सञ्चालन भइरहेको जानकारी दिँदै चाँगुनारायण नगरपालिकामा पनि यो अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले ट्राफिकसँग मिलेर सडक दुर्घटना न्यूनीकरण अभियानसमेत सँगसँगै चलाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij