२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

रामेछापको उमाकुण्ड गाउँपालिका-५ का वडाअध्यक्ष वेपत्ता

रामेछापको उमाकुण्ड गाउँपालिका-५ का वडाअध्यक्ष वेपत्ता

रामेछाप । उमाकुण्ड गाउँपालिका- ५ का वडाअध्यक्ष कुवेर खत्री वेपत्ता भएका छन् । मंगलबार विहान ८: ३० बजे गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन हिडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए । गाउँपालिका सदस्यलाई वैठकमा जानु पर्छ भनी खबर गरेर मोटरसाइकलमा हिडेका खत्रीको मोटरसाइकल दिउँसो लिखु खोलाको किनारमा भेटिएको थियो । सोही ठाउँमा कोट, जुत्ता र डायरी फेला परेको प्रवक्ता नेवारले बताए ।

वडाअध्यक्ष खत्री अबेरसम्म बैठकमा नआएपछि उनलाई सम्पर्क गर्दा मोबाइल नउठेको र घरपरिवारमा फोन गर्दा विहानै हिडेको जानकारी आएपछि उनको खोजी गरिएको थियो । वडाअध्यक्ष खत्रीले प्रयोग गरेको मोटरसाइकल, कोट, जुत्ता र डायरी भेटिएपछि अहिले उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij