२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

राजेश पायल राईको स्वरमा ‘रित्तो जन्मे’ म्युजिक भिडियाे सार्वजनिक

राजेश पायल राईको स्वरमा ‘रित्तो जन्मे’ म्युजिक भिडियाे सार्वजनिक

काठमाण्डौं, २९ माघः गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्मे रित्तो जान्छु’ उनको याे तेस्रो गीत हो।

विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ । उनले रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत माया प्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन्। ‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएको उनको गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष ) र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएको छ । सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन् ।

https://www.youtube.com/watch?v=idDlMc0QEFE&t=3s

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij