२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राजारानी : गायक तिलक बस्नेत र रानु निराैलाको म्युजिक भिडियाे युट्युबमा भाइरल बन्दै

राजारानी : गायक तिलक बस्नेत र रानु निराैलाको म्युजिक भिडियाे युट्युबमा भाइरल बन्दै

भर्खरै सार्वजनिक भएकाे गायक तिलक बस्नेतको राजारानी नामक नयाँ म्युजिक भिडियोले बजार तताएकाे छ । गायक तिलक बस्नेत र रानु निरौलाको स्वर रहेको यो म्युजिक भिडियो हाइलाईट्स नेपालले बजारमा ल्याएको हो । अहिले यो गीत युट्युब मार्फत युवा पुस्तामा निकै चर्चामा छ ।

रक्षा श्रेष्ठ र विजेन्द्र विक्रम राणाको अभिनय रहेको यो म्युजिक भिडियोका एरेन्जर सुमन केसी हुन् भने शिव मिडियाले म्युजिक भिडियो निर्माण गरेको हो । यो म्युजिक भिडियो  मायाप्रेमकाे पवित्र सम्बन्ध बारे केन्द्रित छ । साथै युवामाझ लोकप्रिय हुने विश्वास लिइएको छ ।
प्रेम सम्बन्धमा जोडिएसँगै तिर्खाएको प्यासीले पानी भेटेझैं महसुस भएको र सम्बन्धलाई निरन्तर रुपमा कायम राख्ने कुरा उल्लेख गरिएको छ ।

यस म्युजिक भिडियोको छायांकन रविन्द्र बरालले गरेका हुन् भने सम्पादन रविन विकले गरेका हुन् । निर्देशक शिव विक हुन् ।

म्युजिक भिडियोको एक हरफ ः
ओइ राजा तिमीलाई दिलमा सजाउँला
ओइ रानी मै जीवन साथी बनाउँला

युट्युबमा हेर्नको निम्ति तलको लिंक क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij