काठमाडौँ – बरिष्ट समाजसेवी रन्जना दाहालको आवाजमा संदेशमुलक गित “दैब कसम कोरोनाको” म्युजिक भिडियो सार्बजनिक छ ।
स्वर तथा शब्द रन्जना दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ ।
फोटो फिरिममाको लयमा वरिष्ट समाजसेवी रन्जना दाहाल समसामाहिक विषयवस्तु तथा कोरोना भाईरसको विरुद्ध मानव र मानवियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् ।
संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोलाइ महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा रन्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाइ फिचर्ड गरिएको छ । कोभिड-१९ ले गर्दा लाखौं नेपालीहरु भोकभोकै मर्ने अवस्था आएकोले गर्दा मानवसेवा नै सबै भन्दा ठुलो धर्म भएको र सेवाभावमा समर्पित भई एकजुट भएर अगाडि बढ्न उनले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छिन ।
भिडियो हेर्नुहोस् :
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij