२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

एसईई

यो वर्ष ५ लाख २२ हजार विद्यार्थीले एसईई परीक्षा दिने

यो वर्ष ५ लाख २२ हजार विद्यार्थीले एसईई परीक्षा दिने

काठमाडाैं, २२ फागुनः आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने । यसपटक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ को एसईईका लागि  ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij