२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

उद्योग व्यवसायमा राम्राे सफलताकाे लागि आवश्यक गुणहरु: कमल पन्थी

यी हुन सक्छन् उद्योग व्यवसायमा राम्राे सफलताकाे लागि आवश्यक गुणहरु  

यी हुन सक्छन् उद्योग व्यवसायमा राम्राे सफलताकाे लागि आवश्यक गुणहरु  

  • कमल पन्थी

 

प्रविधिकाे विकाससँगै उद्याेग व्यवसायमा स‌ंलग्न व्यक्तिले परम्परागत मान्यता र धारणाबाट आफूलाइ परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता बढ्दै गएकाे छ ।

बदलिँदाे परिवेशमा उद्याेग व्यवसाय लगायत हरेक क्षेत्रमा सफलताकाे लागि यी गूणहरु समेत निकै महत्वपूर्ण बन्न पुगेका छन् ।

  •  नयाँ कुरा सिक्ने चाहना
    सफल हुन चाहने हरेक व्यक्तिले आफूलाई सदैव अपडेट र अपग्रेडको लागि तयार बनाइराख्नुपर्छ ।

 

  • दृढ इच्छाशक्ति
    दृढ इच्छाशक्ति बिना सफलता प्राप्ति गर्न सकिँदैन । साथै यो पनि बुझ्नुपर्छ कि इच्छा र दृढ इच्छा बीच ठूलो अन्तर हुन्छ । हामी कुनै काम गर्न चाह्यौं भने त्यो इच्छा भयो । हामी हरेकसँग यस्ता कैयौं इच्छा र योजनाहरु हुन्छन् । तर दृढ इच्छाशक्ति भने अत्यन्तै न्यून हुन सक्छन् । जब हामी कुनै काम पूरा गर्नको लागि साँच्ची प्रतिज्ञावान् बन्छौं भने त्यस बेला हामी दृढ इच्छाशक्ति (द्यगचलष्लन म्भकष्चभ०को अवस्थामा हुन्छौं । दृढ इच्छाशक्तिले हामीलाई लक्षित उपलब्धि हासिल हुन अवस्थामा पुग्नको लागि कुनै न कुनै माध्यम अवश्य दिन सक्छ ।

 

  •  आरोह अवरोहमा सम्हालिने क्षमता
    उद्योग व्यवसाय जोखिमरहित क्षेत्र होइन । यसकारण आउन सक्ने हरेक परिस्थिति बारे मानसिक रुपमा तयार हुन सक्नुपर्छ

 

  •  जोखिम क्षमता र व्यवस्थापन
    जोखिम लगानीसँग सँगसँगै आउने विषय हो । यसलाई नियमित र अनियमित जोखिमको रुपमा व्याख्या गर्न सकिन्छ ।

 

  •  दिगो सोच
    दीर्घकालिन सोच सहित व्यवसायमा अघी बढ्न सक्नुपर्छ ।

 

  •  शिघ्र निर्णय क्षमता
    – व्यावसायिक सफलताको लागि शिघ्र निर्णय निकै जरुरी रहन्छ ।

 

  •  टीम व्यवस्थापन
    – राम्रो प्रभावकारी टीम निर्माण बिना सफलता पाउनु निकै कठिनाईपूर्ण हुन जान्छ ।

 

  •  नेतृत्व क्षमता, जनसम्पर्क एवं सञ्जाल निर्माण
    – नेतृत्वदायी क्षमता सफलताको लागि महत्वपूर्ण रहन्छ । यसको अलावा अरु भन्दा माथि पुग्न चाहने व्यक्तिको सार्वजनिक जनसम्पर्क पनि राम्रो जरुरी रहन्छ । साथै आफ्नो मातहतमा अन्य व्यक्तिहरुलाई कुनै न कुनै माध्यमबाट प्रभाव गराउँदै आफ्नो सञ्जाल बिस्तारलाई विशेष महत्व दिनु जरुरी रहन्छ ।

 

  •  कल्पनाशिलता र रचनात्मक क्षमता
    – रचनात्मक क्षमता एवं कल्पनाशिलताले आफ्ना सोच, योजनाहरुलाई कसरी पृथक तवरले प्रस्तुत गर्ने भन्ने कुराको जानकारी दिन्छ । नयाँ खोज, अनुसन्धानहरु यस्तै कल्पनाशिलता र रचनात्मक खोजी गर्ने योग्यताकै कारण सम्भव भएका हुन् ।

 

यी गुणहरुकाे अलावा उद्याेग व्यवसायमा सफलताकाे लागि यी कुरा पनि अत्यावश्यक रहन्छन् ।

  • सन्तुलित बजेट निर्माण
  • समय व्यवस्थापन
  • तनाव व्यवस्थापन
  • अनुशासन 
  • सकारात्मक साेच
  • सन्तुलित व्यवहार
  • निश्चित रणनीति

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij