२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

यी हुन् अस्पताललाई २१ करोडको जग्गा दान गर्ने शाह दम्पति

यी हुन् अस्पताललाई २१ करोडको जग्गा दान गर्ने शाह दम्पति

काठमाडौं । समाजसेवी श्रीजङ्ग शाह र रुद्र कुमारीले नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई २१ करोड २३ लाख मुल्य बराबरको काठमाडौको कान्तिपथस्थित ३ रोपनी जग्गा दान दिएका छन् । शनिबार कान्तिपथस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी शाहले नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई आफू बस्दै आएको घर र त्यसले चर्चेको ३ रोपनी, ३ आना ३ पैसा जग्गा दान दिएको जानकारी गराएका हुन् ।

शाह दम्पतिले सो घर सहितको जग्गा आफूहरुको मृत्यु पश्चात अस्पतालले प्रयोग गर्न पाउने गरी रजिष्टे«सन पास गरिदिएका हुन् । शाहले मृत्यु पर्यन्त प्रयोगका लागि दान गरेको कान्तिपथस्थित सो जग्गाको सरकारी मुल्य मात्रै २१ करोड २३ लाख २५ हजार रुपैया रहेको छ । शाहले देश र जनताको हितका लागि आफुले आखा अस्पताललाई जग्गा दान दिएको बताए । समाजसेवी शाहले विश्व बैकको अन्तराष्ट्रिय मुद्रा कोषको बैकल्पिक गभर्नर, त्रिभुवन विश्वविद्यालयका सिनेट मेम्बर तथा नेपाल राष्ट्र बैक र शाही नेपाल बायुसेवा निगमको निर्देशक पदमा रहेर काम गरेको अनुभव छ । पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत रहेका शाह विभिन्न संघ संस्थामा रही समाजसेवामा संलग्न हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij