
काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी गरीएको बताए । परिक्षाफल प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
बोर्डले जारी गरको सुचना अनुसार नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीनवटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभिआरबाट नतिजा प्रकाशन गराउने छन् ।
यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआइसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेसन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालिलगायत संस्थारफर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् ।
यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिलगायत पाँचवटा संस्था र फर्मले एमएमएस र आइभिआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।
एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए।
जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij