यातायात सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि सिन्डिकेटको पक्षमा वकालत गर्दै आएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ती जारी गर्र्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन् । व्यवसायीले आजदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् ।
विज्ञप्तिमा पक्राउ परेका यातायात व्यवसायीलाई निःर्शत रिहा गर्न र यातायात क्षेत्रमा देखिएका
विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने जनाइएको छ । सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा हिजो देशभर गाडी ग्यारेजमै थन्काएका थिए ।