टिकानारायण श्रेष्ठ – उपाध्यक्ष- आरुघाट उद्योग वाणिज्य संघ, (आरुघाट, गोरखा)
आरुघाट क्षेत्र उत्तरी भेगको लागि राम्रो सम्भावना भएको क्षेत्र समेत हो । धादिङ र गोरखाको उत्तरी भेगको लागि शिक्षा र स्वास्थ्यमा राम्र्रो पहिचान बनाउन समेत सफल क्षेत्रको रुपमा यसलाई समेत लिन सकिन्छ । हाल यस गाउँपालिकामा एउटा अस्पताल सञ्चालनमा छ । यसलाई १५ शैयाको बनाउने कार्य अघी बढाउन लागिएको छ । यसलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको छ । हाल गोरखा जिल्लामा समेत सञ्चालनमा रहेको स्वास्थ्य वीमा कार्यक्रमले अधिकांश मध्यम र निम्न स्तरका स्थानीयहरुको जीवनस्तर माथि उठाउन र स्वास्थ्यमा राम्रो पहुँच विस्तार गर्नमा निकै ठूलो सहयोग गरेको छ ।
आरुघाट गाउँपालिका गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित छ । जुन गोरखाको दोस्रो ठूलो बजार हो । यस गाउँपालिकामा सञ्चालनमा रहेका रहेका व्यवसायलाई व्यवस्थित गर्ने र व्यवसायीहरुलाई वैधानिक बनाउँदै लैजाने मान्यता बमोजिम आरुघाट गाउँपालिका स्तरीय उद्योग वाणिज्य संघको स्थापना भएको हो । हाल यस उद्योग वाणिज्य संघले व्यवसायलाई अनिवार्य रुपमा दर्ता गर्नुपर्ने, मूल्यसूची कायम गरी सोही बमोजिम कारोवार गर्नुपर्ने र व्यवसायीले राज्यलाई कर तिरेर वैधानिक तवरले व्यवसाय सञ्चालन गर्नुपर्ने लगायतमा सुसुचित गर्नुको अलावा व्यवसायीहरुलाई जिम्मेवार बनाउने कार्यमा समेत यस उद्योग वाणिज्य संघले विशेष पहल गर्दै आएको छ । नजिकिएको चाडपर्वमा हुन सक्ने कालोबजारी लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्न समय–समयमा छड्के चेकजाँच गर्ने कार्य समेत उद्योग वाणिज्य संघले गर्दै आएको छ । खासगरी नजिकिएको चाडपर्वमा हुन सक्ने बजारका गतिविधिहरुलाई व्यवस्थित गर्न संघले विशेष पहल गर्दै आएको छ ।
आरुघाट क्षेत्रका व्यवसायहरुः
गोरखाको आरुघाट क्षेत्रमा ठूला उद्योगहरु सञ्चालनमा छैनन् । मूलतः यस क्षेत्रमा किराना पसल, खाद्यान्न, लत्ताकपडा एवं अन्य स्थानीय व्यवसायहरु सञ्चालनमा छन् । केही घरायशी उद्योगहरु पनि सञ्चालनमा आएका छन् । यद्यपि यो क्षेत्र मुख्यतः पर्यटकीय क्षेत्र समेत भएको र मनासलु आरोहणमा जाने आरोहीहरु यही बाटो हुँदै जाने भएको कारणले गर्दा समेत यस क्षेत्रमा होटलहरु पनि अलि बढि नै सङ्ख्यामा सञ्चालनमा छन् ।
कृषि
ग्रामीण क्षेत्र र सानो बस्ती भएको कारण यस क्षेत्रमा ठूला र मझौला उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् । विगतमा कृषिमा निर्भर नै निर्भर रहने स्थानीयहरु कृषिको लागतको तुलनामा उत्पादकत्व घट्दै गएसँगै कृषिबाट धेरैजसो मानिसहरु विस्थापित भएका छन् । अधिकांश युवाहरु वैदेशिक रोजगारीमा नै छन् । यद्यपि केही मात्रामा कृषि कार्य सञ्चालन हुँदै आएको भएपनि त्यसले परिवार पालिनै कठिन पर्ने अवस्था छ । जसले गर्दा आरुघाट क्षेत्रमा आवश्यक पर्ने सबैजसो उत्पादनहरु अहिले बाह्य क्षेत्रबाट नै आयात गर्नुपर्ने बाध्यता छ । माथिल्लो क्षेत्रमा बाटोघाटो असुविधाको कारण खच्चडबाट सामानहरु पुर्याउने प्रचलन छ । ती खच्चडहरुलाई खुवाउने मकै लगायतका दानाहरु समेत बाहिरबाटै लैजानुपर्ने अवस्था छ ।
माछाखोला सम्म गाडी नै जाने भएपनि त्यहाँ भन्दा माथिका क्षेत्रहरु सामागाउँ, छुपुङबार लगायतका तीब्बती सीमाना सम्मका क्षेत्रमा भने खच्चडहरुले नै आवश्यक सामाग्रीहरु ओसारपसार गर्दै आएका छन् । विस्तारै ती क्षेत्रहरुमा समेत सडकको पहुँच विस्तार गर्ने काम हुँदैछ । आरुघाट पश्चात्का माथिल्ला क्षेत्रहरु क्षेत्रफलको हिसाबले ठूलै भएपनि जनसङ्ख्या समेत न्यून रहेका ती क्षेत्रमा खाद्यान्न आपुर्ति गर्न निकै कठिन छ ।
पर्यटकीय क्षेत्र बन्दै
गोरखाको माथिल्लो भेगमा पछिल्लो समय होटल व्यवसाय नै फस्टाइरहेको छ । माथिल्लो भेग पर्यटकीय क्षेत्र (खासगरी टे«किङ एरिया)को रुपमा चिनिन्छन् । गोरखाको सामागाउँबाट मनाङ निस्कने उक्त क्षेत्रमा समेत पर्यटन निकै नै फस्टाइरहेको छ ।
आरुघाट क्षेत्र उत्तरी भेगको लागि राम्रो सम्भावना भएको क्षेत्र समेत हो । धादिङ र गोरखाको उत्तरी भेगको लागि शिक्षा र स्वास्थ्यमा राम्र्रो पहिचान बनाउन समेत सफल क्षेत्रको रुपमा यसलाई समेत लिन सकिन्छ । हाल यस गाउँपालिकामा एउटा अस्पताल सञ्चालनमा छ । यसलाई १५ शैयाको बनाउने कार्य अघी बढाउन लागिएको छ । यसलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको छ । हाल गोरखा जिल्लामा समेत सञ्चालनमा रहेको स्वास्थ्य वीमा कार्यक्रमले अधिकांश मध्यम र निम्न स्तरका स्थानीयहरुको जीवनस्तर माथि उठाउन र स्वास्थ्यमा राम्रो पहुँच विस्तार गर्नमा निकै ठूलो सहयोग गरेको छ ।
संघको स्थापना
विगतमा गोरखा जिल्लाको इकाइको रुपमा रहेको यो उद्योग वाणिज्य संघ स्थानीय संरचना बमोजिम गाउँपालिका स्तरीय बनेको हो । हाल यस गोरखामा गोरखा र पालुङटार गरी २ नगरपालिका र ११ ओटा गाउँपालिका छन् । यी सबै संरचनाहरुमा उद्योग वाणिज्य संघ स्थापना गर्ने प्रक्रिया अघी बढेको र अधिकांशमा गठन समेत भइसकेको छ । पछिल्लो समय सरकारले ल्याएका नयाँ व्यवस्था बमोजिम ल्याएका कर, भ्याट तथा ट्रयाकिङ सिष्टमले गोरखाका साना व्यवसायीहरुलाई समेत निकै नै समस्या सृजना गरेको छ । हाल प्यानको दायरा ५० लाख रहेकोमा यसलाई बढाएर १ करोड पु¥याउनुपर्ने हामी व्यवसायीहरुको माग छ । यसबाट साना व्यवसायीहरुलाई गरिखाने वातावरण सृजना हुनेछ ।
गोरखाको अारुघाटमा व्यवसाय
आरुघाटमा अहिले व्यवसाय धराशयी हुँदै गएको छ । हाल निर्माणार्थ अघी बढ्दै गरेको बुढिगण्डकी जलविद्युत परियोजनाले समेत गर्दा हामी पीडित छौं । पूर्व अध्ययन भएबमोजिम अहिले सञ्चालनमा रहेका विभिन्न संरचनाहरु बुढिगण्डकीको डुवान क्षेत्रमा पर्ने गर्छन् । जसले गर्दा हामी व्यवसायीहरु लगायत स्थानीयहरु विस्थापित हुनुपर्ने अवस्था छ । भुकम्पको प्रभाव
भूकम्पको प्र्रभाव वारपाकमा निकै नै परेको छ । अहिले निर्माण हुने क्रममा रहेका घरहरु आरसिसि स्ट्रक्चरका नै भएपनि हाम्रो क्षेत्र बुढिगण्डकीको प्रभावित क्षेत्रको रुपमा समेत रहेको र विस्थापित हुनुपर्ने भएको कारण सामान्य तवरका संरचनाहरु निर्माण गरि बसोबासको काम हुँदै आएको छ ।
आगामी दिनमा व्यवसाय
अब गोरखामा समेत व्यवसायलाई नयाँ तवरले परिष्कृत गर्दै लैजानुपर्ने अवस्था छ । नयाँ तवरले अघी बढ्ने र आरुघाट क्षेत्रमा पनि पर्यटक (खासगरी गरी मनासलु जाने)लाई लक्षित गरी होमस्टेहरु बनाई एक रात आरुघाटमा रहने व्यवस्था गर्नु जरुरी छ । जसबाट हाम्रो आम्दानी पनि वृद्धि हुनेछ ।
स्थानीय श्रोतसाधनको प्रयोगमा जोड दिनु आवश्यक
पछिल्लो समय नेपाल सरकारको नीति समेत स्थानीय र खासगरी कृषिजन्य उत्पादनलाई जोड दिने किसिमको रहेको अवस्थामा अब स्थानीय जनतालाई लक्षित गरी आवश्यक तालिम, अनुदान, तौरतरिका तथा बिऊविजनको व्यवस्था गरि सोही बमोजिम काम गर्ने वातावरण सृजना हुनु जरुरी छ ।