काठमाडौँ – आज देशका अधिकांश भूभागमा सामान्य बदली र केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुनेछ ।
आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज बिहान देखि नै देशका विभिन्न भागहरुमा हल्का वर्षा भइरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij