काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।
बैंकले आजका लागि निर्धारण गरेकाे विनिमय दर अनुसार
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ।
यस्तै, आज युरो एकको खरिद दर १४० रुपैयाँ ९२ पैसा र बिक्री दर १४१ रुपैयाँ ५६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ३७ पैसा र बिक्री दर १६० रुपैयाँ ०९ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij