दिपक घिमिरे नुवाकोट तामाङहरुको पहिचान, भेषभुषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्दै नेपाल लगायत अन्य देशहरुमा समेत आफ्नो बेग्लै इतिहास बनाउन सफल म्हेन्दोमाया कलाकार संघले धदिङ् जिल्लास्थित रुबिभ्याली गाउपलिकामा पनि नयाँ समिती कार्य समिती गठन भएको छ । गायक एवं चर्चित तामाङ गित रचनाकार, संगीतकार, फिल्मको नायक एवं सह निर्देशक आरम्भ तामाङ, को अध्यक्षतामा ९ सदस्य को नयाँ कार्यसमिती चयन् गरेका छन। त्यसै गरि उपाध्यक्ष रमेश तामाङ ,सचिब जयबिर तामाङ सहसचिव राज गोम्ज तामाङ,कोषाध्यक्ष छिमी मम्बा सह कोषाध्यक्ष बिनिता तामाङ चयन भएका छन् | यसैगरी कार्यकारी सदस्यहरुमा शान्ती घले, मिका रानी घले र बिमल तामाङ पदमा सर्बसम्मित निर्बाचित हुनु भएको छ ।
