| काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा तथा धनुषा, सिराहा, मोरङ, बिराटनगर र यसका आसपासका भूभागमा पूर्ण बदली रही मेगगर्जन, चट्याङग हल्कादेखि मध्यम वर्षा भईरहेको छ भने बाकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असार २४ गते (बुधबार) रातीः देशभर सामान्य देखी पुर्ण बदली रही प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक / दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । असार २५ गते (बिहिबार) रातीः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । असार २६ गते (शुक्रबार) रातीः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): |
|
| Slug | 2020-07-08-2135 |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij