आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै सेयर बजार दोहोरो अंकले घटेको छ । 
कारोबारको अधिकांश समय अधिकांश समूहको परिसूचकमा रातो बत्ती बल्दा साताको अन्तिम दिन बिहीबार सेयर बजार १३ दशमलब ६६ अंकले ओरालो लागेको हो ।
१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुगेर कारोबार बन्द भएको छ । कारोबार खुला भएको केही समय उकालो लागेको बजार धेरैबेर टिक्न सकेन ।
कारोबार रकम भने बिहीबार ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ पुगेको छ । १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij