कोभिड – १९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टस् एसोसिएशनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तण गरेको छ ।
सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा सोमवार आयोजित समारोहमा एशोशिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हून् ।
अध्यक्ष दिपक कुमार मलहोत्राले यस सहयोगले कोभिड – १९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij