२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मेयर बालेनले अभियन्ता ईः सँग वार्ता गरेर समाधान खोज्नुपर्छ : गगन थापा

मेयर बालेनले अभियन्ता ईः सँग वार्ता गरेर समाधान खोज्नुपर्छ : गगन थापा

 

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्रि गगन थापाले अभियन्ता ईः लगायतका साथिहरुसँग संवाद गर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन् ।

थापाले निर्वाचित सरकारसंग जबाफदेहिता खोजिररहेका अभियन्ता ईः लगायतका साथीहरूसँग महानगरले शीघ्र संवाद गर्नु पनैमा जोड दिएका हुन् ।

उनले राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईः लगायतका साथीहरूका बारेमा मेयर शाहसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको पनि बताएका छन् ।

लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ, थापाले भनेका छन् ।

‘ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी ‘Street Vendors’ को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन। सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै, ‘उनले भने, ‘त्यस कारण मेरो आग्रह छ-निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij