२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मेगा पब्लिक स्कुलमा स्वास्थ्य शिविर सहित सरस्वती पूजा सम्पन्न

मेगा पब्लिक स्कुलमा स्वास्थ्य शिविर सहित सरस्वती पूजा सम्पन्न

विशुद्द शिक्षामा समर्पित तारकेश्वरकाे वडा नम्बर ८ शान्तिटाेल स्थित सञ्चालित मेगा पब्लिक स्कुलले सरस्वती पूजा सम्पन्न गरेकाे छ । 

सरस्वती पूजाकाे अवसर पारेर विशेष स्वास्थ्य शिविर समेत विद्यालयले अायाेजना गरेकाे थियाे ।

राष्ट्रिय अाविष्कार केन्द्रका संस्थापक महावीर पुःनकाे समेत विशेष उपस्थिति रहेकाे अाजकाे कार्यक्रममा निकै ठूलाे सङ्ख्यामा  विद्यालयका शुभचिन्तक, अभिभावक, विद्यार्थी तथा शिक्षकहरूकाे उपस्थिति रहेकाे थियाे ।

सार्इवावा हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक दयाराम कार्की सहित विशेषज्ञ डाक्टर तथा कर्मचारीहरूकाे उपस्थिति रहेकाे अाजकाे कार्यक्रममा विद्यालयले विद्यार्थी बाहेक करिब ३ सय ५० व्यक्तिहरूकाे उपस्थिति रहने अनुमान गरेकाे भएपनि करिब ५ सय व्यक्तिहरू विद्यालयमा उपस्थित हुनुहुन्थ्याे । यसबाट अाफू र विद्यालय प्रति स्थानीयहरूकाे निकै चासाे रहेकाे कुरा अाफू्ले बुझ्न पाएकाे भन्दै अाफूलार्इ थप प्राेत्साहन मिलेकाे विद्यालयका प्रिन्सिपल अमृत भण्डारी बताउनुहुन्छ ।

सरस्वती पूजा तथा स्वास्थ्य शिविरकाे अवसर पारेर अायाेजना गरेकाे अाजकाे कार्यक्रम सँगै विद्यालयमा स्काउट सेवा समेत सञ्चालनमा ल्याउने प्रतिवद्दता जनार्इएकाे छ । साथै राष्ट्रिय अनुसन्धान केन्द्रकाे निम्ति समेत केही रकम नगद सहयाेग गर्ने प्रतिवद्दता विद्यालयले जनाएकाे छ ।

श्रीपञ्चमीकाे अवसरमा निःशुल्क भर्ना कार्यक्रम समेत राखेकाे यस विद्यालयले यस निःशुल्क भर्ना कार्यक्रम माघ २५ समय कायम राख्ने समेत जनाएकाे छ ।

साथै विद्यालयले सम्भवतः अागामी महिना नै अभिभावकहरूसँग भेटघाट, अन्तरक्रिया तथा शुभकामना अादानप्रदान सहित वृहद रूपमा १ दिवसीय मेगा डे समेत मनाउने याेजना बनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij