२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मृतकमा कोरोना परीक्षण नहुँदा मलामी गएका व्यक्तिहरुमा देखिन थाल्यो कोरोना

मृतकमा कोरोना परीक्षण नहुँदा मलामी गएका व्यक्तिहरुमा देखिन थाल्यो कोरोना

 

बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका तथा मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिडको आधारमा परीक्षण गर्दा हाल सम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

साउन १७ गते कालिकानगरकी एकजना ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो । उनी क्यान्सरको उपचारका लागि अस्पतालमा पुगेकी थिइन् ।
त्यहाँ आफन्तहरुले कोरोना परीक्षणको विषयमा सोध्दा किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदिएको दियाे ।

ति विरामीलाइ अाफन्त र छिमेकीहरूले सामान्य तवरले मृत्यु भए जस्तै जलाइएकाे थियाे ।

साेही अाधारमा मलालीकाे रूपमा पुगेका  मृतककाे सम्पर्कमा रहेका आफन्तहरुको कन्ट्याक्ट ट्रेसिड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij