पेट्राेलियम पदार्थकाे मूल्य वृद्दिकाे विराेधमा काठमाडाैंंमा अान्दाेलन चर्किएकाे छ । 

वाम निकट विद्यार्थी संगठनहरू अनेरास्ववियु, युवा संघ, अनेरास्ववियु (क्रान्तिकारी), वाइसिएल लगायतले अाज पनि काठमाडाैंकाे रत्नपार्क, बागबजार लगायतका क्षेत्रहरूमा दिनभर विराेध स्वरूप अान्दाेलन गरेका छन् ।
अारअार क्याम्पसबाट शुरू भएकाे विराेध र्याली पद्मकन्या माेड हुँदै पुतलीसडक, बागबजार, त्रिचन्द्र क्याम्पस लगायत परिक्रमा गरेर रत्नपार्कमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । 
अाजकाे अान्दाेलनमा विद्यार्थीहरूकाे व्यापक उपस्थिति थियाे । मूल्य वृद्दि फिर्ता नलिए अान्दाेलनलार्इ थप सशक्त बनाउँदै लैजाने विद्यार्थी सङ्गठनहरूले बताएका छन् ।
मूल्यवृद्दिकाे विराेध विद्यार्थीहरूले मात्र गरेका छैनन् । ग्यास व्यवसायीहरू पनि मूल्यवृद्दिकाे विराेधमा छन् । ग्यास विक्रेता संघ माेरङले मूल्यवृद्दिसँग अाफूहरूलार्इ थप भार परेकाे भन्दै अाजबाट व्यवसायीहरू अान्दाेलनमा उत्रेका हुन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij