२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मुस्ताङ दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाख

मुस्ताङ दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाख

मुस्ताङको स्याङ्बोचेमा सडक दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले ५/५ लाख रुपैयाँ राहत दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई ५५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् । 

मुस्ताङको स्याङ्बोचे लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका १२ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै खतरामु्क्त रहेका छन् ।

मृतकको शव सम्बन्धित जिल्लामा नै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने गृहमन्त्री थापाले जानकारी दिए । दुर्घटनामा सबैभन्दा धेरै रोल्पाका ९ जना र दाङका ६ जनाको मृत्यु भएको थियो । त्यस्तै धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij