२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा पुँजी बजार क्षेत्रः विगत र वर्तमान

नेपालमा पुँजी बजार क्षेत्रः विगत र वर्तमान

काभ्रे जिल्लामा जन्मिनुभएका भोलाप्रसाद पाठकले विराटनगरबाट आधारभूत तहको विद्यालय शिक्षा पूरा गर्नुभएको हो । वि.सं २०५१ मा स्नातकोत्तर तहको अध्ययन शङ्करदेव क्याम्पसबाट पूरा गर्नुभएका पाठक हाल प्रभु क्यापिटलको प्र्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत हुनुहुन्छ । उहाँको वि.सं २०५२ देखि वित्तीय क्षेत्रमा जागिरे जीवन शुरु भएको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीबाट सेवा प्रवेश गर्नुभएका पाठक उक्त संस्थामा करिब १२ वर्ष आवद्ध रहेपश्चात् जेनिथ फाइनान्समा संस्थापक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही ७ वर्ष सम्म उक्त संस्थाले दिएको जिम्मेवारीलाई सहज रुपबाट पालना गर्दै आउनुभएको थियो भने त्यसपश्चात् प्रभु बैंकमा (किष्ट बैंक, प्रभु विकास बैक, गौरीशंड्कर विकाश बैंक र जेनिथ फाइनान्ससँगको मर्जर पश्चात्) सन् २०१४ पश्चात् पाठक प्रभु बैकसँग जोडिएर विभिन्न तहमा रहेर अत्यन्त राम्रोसँग बैंकिङ कामहरु गर्दै आउनुभएको थियो । गत वर्षको आश्विन पश्चात् हाल पाठक प्रभु क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा आफूलाई एक सफल र अनुभवी बैंकरको रुपमा पहिचान बनाउनुभएको छ । हाल पाठकले क्यापिटल सम्बन्धी नयाँनयाँ लगानी क्षेत्रहरुको खोजी गर्दै अघी बढिरहनुभएको छ ।

नेपालको बैंकिङ क्षेत्र विगत र वर्तमान
नेपालको वित्तीय क्षेत्रमा करिब अढाई दशकमा निकै नै परिवर्तन आइसकेको छ । बैंकिङ क्षेत्रले पनि विभिन्न किसिमका उतारचढावहरु व्यहोर्नुपरेको छ । तथापी प्रविधिको प्रयोगले बैंकिङ कारोवारमा निकै नै सहजता ल्याएको छ । नेपालीहरुमा वित्तीय चेतना विस्तार भएको छ । लगानीका नयाँ क्षेत्रहरुको पहिचान भएको छ । सबै वर्गका बित्तीय विभिन्न संघ–संस्थाहरुले आफ्नो पुँजी संरचना तुलनात्मक रुपमा निकै नै वृद्धि गरेर सक्षम र सबल संस्थाको रुपमा स्थापित गरेका छन् । नेपाली बैंकिङ क्षेत्रको प्रतिष्पर्धी क्षमताको धेरै राम्रोसँग अभिवृद्धि भएको छ । अघिल्लो दशकमा वित्तीय संस्थाहरुको सङ्ख्या निकै नै वृद्धि हुनगई चर्को प्रतिस्पर्धा र वित्तीय अनुशासन कायम रहन नसकी वित्तीय क्षेत्रमा अकल्पनीय परिणाम समेत भोग्नुपर्ने अवस्था सृजना भएको कारण बैंकहरुको सङ्ख्या घटाउने योजना बमोजिम पछिल्लो दशकमा नेपाल राष्ट्र बैंकले बैंकहरुको मर्जर नीति अघी सा¥यो । जुन समग्र रुपमा सफल रह्यो र बैकिङ क्षेत्रको भवितव्यहरु न्यूनीकरणमा समेत प्रभावकारी रह्यो ।
अहिलेको अवस्थासम्म आइपुग्दा क वर्गका वाणिज्य बैंकहरुको सङ्ख्या घटेर २७ ओटामा झरेको छ । यसरी नै अन्य बर्गका विकास बैंक तथा वित्तीय संस्थाहरुको सङ्ख्या समेत उल्लेख्य रुपमा घटेको छ । नेपालको बैंकिङ क्षेत्रमा करीव ७ वर्षे अवधिको एक किसिमको चक्र पुरा हुनेगर्छ र यसबाट बैंकिङ क्षेत्र एवं अर्थतन्त्रमा नै सामान्य देखी ठुला उथलपुथल हुँदै आएको देख्न सकिन्छ । त्यसै गरी यो क्षेत्रले कहिले पुँजीको आकार सानो हँुदाको जोखिम त कहिले बाध्यात्मक पुँजी वृद्धिका कारण व्यवसाय वृद्धि गर्नुपर्ने दवावको सिर्जना नभोगेको भने होइन । यसबाट व्याजदर, कर्जा विस्तार तथा निक्षेप सङ्कलनमा समेत निकै दवाव र उतार चढावको विविध खालको अवस्था कायम रहँदै आएको छ । जुन स्वभाविक परीणाम नै हो ।

तथापी पछिल्लो समय नेपालमा यस किसिमको अनिश्चितता र जोखिमलाई व्यवस्थित गर्न सम्वन्धित निकायहरु बीच आवश्यक छलफल गरी व्याजदरको उतारचढाव नियन्त्रण गर्ने काम हुँदै आएको छ । यसरी बजारलाई सन्तुलनमा ल्याउँदा सेवाग्राही र बैंकिङ क्षेत्र दुवैलाई फाइदा पुग्ने अवस्था सृजना भएको देखिन्छ । यसबाट एकातिर बैंकको सम्भावित जोखिम घटेको छ भने बैंकको पुँजी वृद्धि भएसँगै ठूलो रकम कर्जा लगानी गर्न सक्ने क्षमता समेत विकास भएको छ । अहिले नेपालको अर्थतन्त्र बिस्तारै बाहिरी विश्व बजारसँग जोडिदै गएको छ र विश्वव्यापी रुपमा आएको अर्थतन्त्रको प्रभावबाट प्रभावित हुने अवस्था समेत सृजना भएको छ ।

समृद्धि क्यापिटलसँग मर्जरको योजनामा प्रभु क्यापिटल
विगतमा ग्रोमोर मर्चेन्ट बैंकरको नाममा वित्तीय कारोवार गर्दै आएको करिब १२ बर्ष लामो इतिहास बोकेको क्यापिटल सेवाप्रदायक संस्था नै अहिले प्रभु क्यापिटलको नाममा चर्चित छ । स्थापनाकालमा यस संस्थामा डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी एवं केही व्यक्तिगत लगानीकर्ताहरुको संलग्नता थियो । हाल यस संस्थालाई प्रभु बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा सञ्चालन गरिएको छ । करीव ४ बर्ष देखि प्रभु बैकको सहायक कम्पनीको रुपमा७ करोड पुँजी संरचनामा सञ्चालीतयस संस्थाको हाल करिब २१ करोड पुँजी पुगिसकेको छ । भर्खरै सम्पन्न भएको साधारणसभाबाट प्रभु क्यापिटल अर्को एकपुँजीवजार सम्वन्धि सेवा प्रदायक संस्था समृद्धि क्यापिटलसँग मर्जर हुने सैद्धान्तिक प्रस्ताव पारित भएको छ । उक्त प्रस्ताव स्वीकृत भईसकेको अवस्थामा आवश्यक प्रक्रियाहरु पूरा गरेर नयाँ सिनर्जी सहित प्रभु क्यापिटल छिट्टै नै ८० करोडपुँजीसहितको शक्तिशाली संस्था बन्दैछ । अहिले प्र्रभु वित्तीय क्षेत्रमा स्थापित ब्राण्ड भएको कारण मर्जरपछि प्रभुकै नामबाट गतिविधिहरु अघी बढाउने र छिट्टै म्युचुअल फण्ड समेत ल्याउने योजनामा हामी छौं । हाम्रालागीयो नयाँ प्रडक्ट हुनेछ ।

मर्जर प्रक्रियाका चरणहरु
शुरुमा मर्जर हुन इच्छुक संस्थाहरुबिच प्रारम्भिक सहमती सगै मर्जर समिति बनाएर प्रक्रिया अगाडी बढाइन्छरसम्पत्ती र दाइत्व लगायत संस्थाकोमूल्यांकन गरिन्छ । त्यसैको आधारमा दुवै संस्थाको स्वाप रेसियो,कर्मचारी मिलान तथा व्यवस्थापनको नेतृत्व, मर्जरपछीको संस्थाको सन्चालक समिति र संस्थाको नाम आदी सम्बन्धी विषयहरुमा निर्णय गरिन्छ । अन्त्यमा मर्जर समितिको सहमतिपश्चात् साधारणसभा मार्फत शेयरहोल्डरहरुमाझमर्जरको प्रस्ताव लगेर पारीत गराईसकेपछि कम्पनी रजिष्टार कार्यालय र धितोपत्र बोर्ड बाट आवश्यक प्रक्रिया पूरा गरेर स्विकृत पश्चात मात्र मर्जर कार्य सम्पन्न हुन्छ । यस प्रक्रियावाटदुई संस्था विलय भई एउटा शक्तिशाली संस्था स्थापना हुन्छ ।

प्रभु क्यापिटलका कार्यहरु 
यो संस्थालेअहिले नेपाल धितोपत्र बोर्डले निर्धारण गरेका दायरा भित्र रहेर विभिन्न कामहरु गर्दै आएको छ । खासगरी आरटिएस, इस्यु म्यानेजर,अण्डरराइटिङ, शेयर डिम्याट खाता, पोर्टफोलियो ब्यवस्थापनआदी यस संस्थाका मुख्य कामहरु हुन्। पछिल्लो समय नेपाल धितोपत्र बोर्डले क्यापिटल मार्केट सेवाप्रदायक कम्पनीहरुको कार्य क्षेत्रको दायरा समेत बढाईँदै लगेकोछ । यसैगरी बैंकको कम्तिमा ५१ प्रतिशत (हालको व्यवस्था अनुसार २० करोड पुँजीको) शेयर कायम सहायक कम्पनीले सामुहिक कोष (म्युचुअल फण्ड)को व्यवस्थापन गर्न पाउने व्यवस्थाअनुरुप निकट भविश्यमानै सामुहिक कोष जारीगर्ने प्रक्रियामा छौ।यसको अलावा यस संस्थालेपुँजीवजार सम्वन्धिविभिन्न परामर्श सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । अहिले यस कम्पनीले १२ ओटा संस्थाको आरटिएस सम्वन्धि सेवा प्रदान गर्दै आएको छ । यसैगरी विभिन कम्पनीहरुको आइपिओ, एफपिओ,हकप्रद शेयर आदीसँग सम्बन्धित कामहरु समेत गर्दै आएको छ ।

बैंक र क्यापिटलमा फरक 
बैंकिङ क्षेत्र र क्यापिटल मार्केटको क्षेत्र समान प्रकृतिका देखिएपनि यी आफैंमा फरक कार्यहरु हुन्। यद्यपि बैंकिङ क्षेत्रको कार्यअनुभवले केही सहजता भने अवश्य ल्याउन सक्छ । हामी प्रभु बैंकको सहायक कम्पनी भएकोलेबैकसग नजिक रहेर कार्यगर्नुपर्ने हुनाले बैककै प्रतिनिधीको रुपमा नेतृत्व गर्न पाउदा र विगतको बैंकिङ अनुभवले क्यापिटलको कार्यमा सहयोग पु¥याउनु स्वभाविक हुन सक्छ । फेरी प्रभु क्यापिटल बैंकको सहायक कम्पनी भएपनि सबै क्यापिटलहरु बैंकका सहायक कम्पनी नै हुनुपर्ने अवस्था भने रहँदैन । ब्यक्तिगतलगानीबाट स्थापित संस्थाले पनिक्यापिटलकम्पनीको रुपमा ले काम गर्न पाउने ब्यवस्था छ । यद्यपि सहायक कम्पनीको रुपमा प्रभुक्यापिटलका कार्यहरु बैंकको निकटतम सम्बन्धमा रहेर नै गर्नुपर्ने हुन्छ् । भएतापनि बैंक र क्यापिटल फरक–फरक क्षेत्र भएको कारण आ–आफ्नै किसिमका कार्य क्षेत्र र फरक जोखिम भने रहन्छन् । व्यवस्थापनकातरीका , जनसम्पर्क, प्रविधीको प्रयोग, वस्तु तथा सेवाको प्रवर्द्धन र वजारीकरण लगायतका कामहरु भने समान प्रकृतिका नै हुने गर्छन् ।

क्यापिटल हरुलेअन्तर्राष्टीय स्तरको क्षमता विकास गर्नु जरुरी छ 
अहिले पनि नेपालकापुँजीवजार सम्वन्धि सेवाप्रदायक कम्पनीहरुले अन्तर्राष्टृीयस्तरको सेवा प्रदान गर्न सकेका छैनन् । नेपालमा सञ्चालनमा रहेका क्यापिटलको अवस्था, क्षमता, कार्यक्षेत्र, बजारको सीमितता लगायतका कारण कार्यक्षेत्रको दायरा अझै पनि सीमित नै छन् । यद्यपिे हालसालै धितोपत्र बोर्डले कार्यक्षेत्रको दायरा वृद्धि गर्देलगेको छ र कार्यक्षेत्रको बिस्तार सगसगै क्यापिटलहरुको आन्तरीक क्षमता, कर्मचारीहरुको दक्षता अभिवृद्धि लगायत आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट आपूmलाई अन्तर्राष्टीय स्तरको सेवा प्रदायक कम्पनीको रुपमा स्थापित गर्न आवश्यक छ।

प्रभु ब्राण्ड अन्तरगत उत्कृष्ट कम्पनी बन्दै प्रभु क्यापिटल 
अहिले वित्तीय क्षेत्रमा प्रभुबैक एक स्थापित ब्राण्ड बनिसकेको छ । खासगरीयस बैकले नेपाल अधिराज्यभर शाखा सन्जाल बिस्तार गरेर ग्रामीण क्षेत्रमा समेत वित्तीय सेवा प्रदान गरिरहेको छ। त्यसैगरीविदेशमा समेत कार्यालय खोलेर सेवा प्रदान गर्ने प्रक्रियमा छ। बैंकको अलावा प्रभु समहको प्रभुब्राण्ड अन्तरगतविश्वभरबाट नेपालमा रेमिट्यान्स भित्र्याउने कम्पनीको रुपमा समेत चर्चित बन्न पुगेको छ । यो बाहेकप्रभु समूहले बिमालगायत जुन–जुन क्षेत्रमा लगानी विस्तार गरेको छ, त्यस क्षेत्रमा हरेक रुपमा प्रभु बा्रण्ड सफल रुपमा स्थापीत भइ नै रहेको छ । जसले गर्दा अहिले बजारमा प्रभुब्राण्डप्रति निकै नै विश्वासबढ्दै गएको छ । यसै परिप्रेक्ष्यमा प्रभुब्राण्ड अन्तरगतको कम्पनीको रुपमा स्थापित प्रभु क्यापिटलले पनि सेवाग्राहीहरुमा राम्रो प्रभाव कायम गर्न सकेको छ, जुन निकै खुसीको कुरा हो । त्यसैकारण मर्जर पश्चातपनि प्रभु ब्राण्ड अन्तरगत नै कारोवार अगाडी बढाउने सहमती भईसकेको छ।

नेपालको अर्थतन्त्रमा देखिएका प्रभावहरु र पुँजीवजार 
बजारमा उतारचढावहरु आउनु सामान्य प्रक्रिया हो । उतारचढावले नै  अर्थतन्त्र प्रभावित पार्छ र एउटा दिशा प्रदान गर्दछ । यद्यपि यतिले मात्र समग्र अर्थतन्त्र निर्धारित हुँदैन । यसमा विविध पक्षहरु हुन्छन् । पुँजी बजार अर्थतन्त्रको एउटा महत्वपूर्ण पक्ष हो। विकसित मुलुकहरुमा त पुँजी बजारलाई समग्र अर्थतन्त्रको ऐनाको रुपमा समेत हेर्ने गरिन्छ । तर नेपालमा भने पुँजी बजार त्यो अवस्थामा पुगिसकेको छैन । खासगरी नेपालको पुँजीबजारलेअर्थतन्त्रको समग्र क्षेत्रलाई समेट्न सकेको छैन। पुँजीबजारमा केवल बैंक, वित्तीय क्षेत्र, वीमा लगायतका कम्पनीहरुकोवश्चश्र्व छ। अर्थतन्त्रका अन्य ठूला लगानीका उत्पादनमूलक र बास्तविक क्षेत्रहरु भने पुँजीबजारले समेट्न सकेको छैन् । यी सबै क्षेत्र पुँजी बजारमा समेटिनु जरुरी रहन्छ ।

भूकम्प पछिको अर्थतन्त्र 
नेपालको अर्थतन्त्र भूकम्पको ठूलो असर पश्चात् पनिनिरन्तर वृद्धि नै हुँदै गएको छ । विगतका आर्थिक बर्षहरुको जुन वृद्धिदर छ, त्यो सकारात्मक छ। तुलनात्मकरुपमा विगत १० बर्षको अवधिमा हामी निकै नै माथि उठेका छौं । अहिले सूचना प्रविधिको विकास ग्रामीण क्षेत्र सम्मपुगेको छ । सडक सञ्जालले लगभग सबै महत्वपूर्ण क्षेत्र जोडिइसकेको छ । लोडसेडिङ अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य, पूजिवजार, बैकीड. लगायतका क्षेत्रलाई हेर्ने हो भने विकास अवश्य भएको छ । यद्यपि हामीले हासिल गरेको विकासको गतिमा सन्तुष्ट हुन सक्ने अवस्था भने अझै पनि सृजना भएको छैन ।जन अपेक्षामा विकासको गति खरो उत्रन सकेको छैन।हामीले विकसित देशहरुको तुलना गरेर सोही बमोजिमको विकास चाहेका छौं, त्यो स्तरको विकासमा भने हामी अवश्य पछाडी छौं । खासगरी राज्यले प्रशासनिक कार्यहरुमा सहजता ल्याउनप्रविधिको प्रयोगलाई जोड दिँदै गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यसैगरी पारदर्शिता र उत्तरदायित्वको दिशामा अघी बढ्नु अत्यन्त जरुरी छ । यसबाट हाम्रो अर्थतन्त्रलाई थप गतिशिल बनाउन निकै सहयोग पुग्ने अनुमान गर्न सकिन्छ । विकासको अवस्थालाई हामीले तुलनात्मक रुपमा हेर्नुपर्ने हुन्छ । अहिलेको हाम्रो विकासको अवस्था जहाँको तहीँ रहेको त होइन, तर खासगरी हाम्र्रा छिमेकीहरुकोतिब्रविकासको अगाडी हाम्रो विकाशको अवस्था कमजोर देखिएको हो, त्यसैले हामीले हाम्रो विकासको गतीलाई अझ सशक्त रुपमा अघी बढाई दुरी घटाउनुपर्ने जरुरी छ ।

विप्रेषणको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनु जरुरी छ
अहिले पनि हाम्रो अर्थतन्त्र मुख्यतः विप्रेषणबाट नै धानिइरहेको छ । विप्रेषणबाट प्राप्त भएको ठूलो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाएर कसरी हाम्रो आर्थिक अवस्थालाई माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा हाम्रो ध्यान केन्द्रित हुनु जरुरी छ । हामि अझै लामो समय आयातमूखी अर्थतन्त्र भएर रहन सकदैनौ। हामीले विकाशगर्नुपर्ने क्षेत्रहरुको पहिचान भइसकेका छन्। हाम्रा कमजोरी र सधारगर्नुपर्ने क्षेत्रको पनि पहिचान भैसकेको छ। जरुरी झ त केवल इमान्दारीता, वचतवद्धता, समर्पण र पारदर्सिता।फेरी विप्रेषण हाम्रो स्थायी श्रोत होइन भन्ने कुरा बुझ्न जरुरी छ। हामीलाई सधै यो अवसर प्राप्त नुहन सक्छ। नेपालीहरुको रोजगार गन्तब्य मुलुकहरुमा आउने राजनैतिक, आर्थिक लगायतका समस्याबाट हाम्रोबिप्रेषणकोश्रोतमा असर पर्न सक्छ। विश्वब्यापीकरणले सृजना गरेको अन्तरसम्वन्ध र अन्तरनिर्भरताले एउटा मुलुकको आर्थिक प्रभाव थप्रै मुलुकमा पर्छ। त्यसमापनि प्रभावशाली मुलुकहरुको अर्थतन्त्रमा पर्ने नकारात्मक असरको प्रभावले त थुप्रै मुलुकलाई असर पार्छ। उदाहरणको लागि चिनवाट हालसालै फैलिएको कोभिड १९ भाइरसको प्रभावलाई लिन सकिन्छ। केहि महिनाको दौरानमानै विश्व अर्थतन्त्र डगमगाएको छ। जसरी यो भाइरस चिन हुदै दक्षिण कोरीया, इरान, इटालि लगायतका धेरै मुलुकमा फैलिएको छ, यो लामो समय रहेमा वा थप देशमा फैलदै गएमा विश्व अर्थतन्त्र थला पर्ने निस्चित छ। यसवाट हाम्रो अर्थतन्त्रले पनि ठूलो मूल्य चुकाउन पर्ने हन्छ। किनकी रोजगार गन्तब्य मुलुकको अर्थतन्त्रमा पर्ने असरको पहिलो सिकार हाम्रा विदेसिएका यूवाहरु हुने संभावना रहन्छ। जुन हाम्रा लागि दुर्भाग्य हुनेछ।कामना गरौ हामिले यस्तो दुर्भाग्यको समना गर्नु पर्ने छैन।

हाम्रो विकासका महत्वपूर्ण क्षेत्रहरुः
क) कृषिः

कुनै बेला कृषिप्रधान देश भनिने नेपालमा अहिले कृषि क्षेत्रको योगदान घट्दै गएको छ । यद्यपि पछिल्ला केही सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ । यसर्थ केही सकारात्मक शुरुवात भएतापनि त्यो व्यावहारिक रुपमा भने प्रभावकारी देखिएको छैन । यसलाई व्यवस्थित बनाउन हाम्रा कमजोरीहरु सुधार गर्न विशेष पहल हुनु जरुरी छ । यसको लागि प्रविधिको प्रयोगलाई जोड दिँदै पारदर्शिता र प्रोत्साहनमूलक वातावरण समेत सृजना गर्नु आवश्यक देखिन्छ । खासगरी यस क्षेत्रका समस्या र चुनौतीहरु पहिचान भइसकेको अवस्थामा हाम्रा निती र कार्यक्रम तदनरुप अगाडी बढाउन आवश्यक छ् ।

ख) जलविद्युतः

हाम्रो सम्भावना बोकेको अर्को क्षेत्र जलविद्युत हो । यस क्षेत्रमा काम गर्न हाम्रो वातावरण निकै अनुकुल छ । जलविद्युत विकासको लागि बिगतकेहि बर्षहरु देखी राम्रै लगानी समेत जुटिरहेको छ । लोडसेडिङ अन्त्य केही बर्ष पहिले सम्म हाम्रो सोच भन्दा बाहिरको कुरा थियो । अर्को तर्फ विश्वनै अहिले संचार र श्वास्थ्य क्षेत्रपछी नविकरणीय उर्जा र यातायातको अनुसन्धान र विकासतर्फ मोडिएको छ। आगामी दशकमा हाम्रा सडकमा गड्ने अधिकांश यातायातका साधनविद्युतिय हुने कुरामा दुईमत छैन।यसको प्रत्यक्ष फाईदा हामिलाई हुनेछ। त्यसैलेजलविद्युत क्षेत्रको सम्वर्धन र विकाशनै हामा्रे प्रमुख एजेण्डा हुनुआवश्यक छ। ऋर्कोकुरा आगामी दशकवाट जव निजि क्षेत्रले प्रवर्धन गरेका परीयोजनाहरुको शेयर सरकारी स्वामित्वमा परिवर्तन हुनथाल्छ तव हाम्रो सरकारी वित्त पनि मजबत हुन थाल्नेछ। यति ठुलो संभावना बोकेको यस क्षेत्रमा अहिले नयाँ समस्याहरु सृजना भएका छन् । खासगरी जलविद्युत प्रवर्द्धकहरु निरुत्साहित हुने अवस्था छ । लगानीकर्ताहरु थुप्रै समस्याबाट ग्रसित छन्। हालैका दिनमा जलविद्युत कम्पनिहरुद्धारा जारी गरीएका प्राथमिक शेयर निष्काशन बिक्रि नहुने र बिक्रि भएका अधिकांश कम्पनीका शेयर समेत दोस्रो बजारमा अंकित मुल्य भन्दा न्युन मुल्यमा कारोवार हुनुले यस क्षेत्रको समस्यालाई उजागर गर्छ। यसर्थ जलविद्युत प्रवर्धकका विविध समस्यालाई समयमा नै समाधान गर्नुपर्ने अवस्था छ ।। यसैगरी अहिले पर्यटन लगायत पूर्वाधारका क्षेत्रमा समेत निकै नै विकास भएको छ । तथापी लगानीकर्ताहरुको मनोवल बढाउन विश्वासको वातावरण सृजनागर्ने सम्बन्धमा पनि हामीले थप काम गर्नु जरुरी छ । सहज नीतिगत व्यवस्था र एकद्वार प्रणाली लगायतलाई व्यवस्थित गर्न सकेको खण्डमाविकासको उपयुक्त वातावरण सृजना हनेछ ।

वित्तीय साक्षरतामा जोड दिँदै प्रभुको गुडलक सेभिङ 
भर्खरै प्रभु बैंक र प्रभु क्यापिटलको सहकार्यमा कलेज अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी गुडलक सेभिङनामक नयाँ योजना सञ्चालनमा ल्याइएको छ । वित्तीय साक्षरता अन्तरगत ल्याइएको यो कार्यक्रममाप्रभुबैकका खाताधारकलाई डिम्याट खाता तथा मेरो शेयर एकाउन्टसग आवद्ध गराउने कामे यस प्रभु क्यापिटलले गर्छ । खासगरी बैकिङर क्यापिटल मार्केट दुवै क्षेत्रको बारेमा आवश्यक जानकारी उपलब्ध गराउँदै उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाईकसरीयि क्षेत्रको व्यावहारिक ज्ञान उपलब्ध गराउने र यी क्षेत्रसंग जोड्ने भन्ने सोच बमोजिम नै यो कार्यक्रम सञ्चालनमा ल्याइएकोहो। यस योजनाको नारा नै ‘पढ्दै कमाउँदै’ भन्ने राखिएको छ । यस कार्यक्रम अन्तरगत बैकलेविद्यार्थीहरुलाई खाता खोल्नेदेख्ािडेविड कार्ड, ई(बैकिड., एस एम एस बैकिड. आदि सवैसबिधाहरुनिशुल्क मात्र होइन रु १०० खातामा जम्मा पनि गरीदीन्छ जसले विद्यार्थी भाई बहिनीहरुको वचत गर्ने बानी विकाश हुन्छ भने प्रभ क्यापिटलले निशुल्क डिम्याट खाता तथा मेरो शेयर एकाउन्टसग आवद्धगराइ कयापिटल मार्केटसम्वन्धि ब्यवहारीक ज्ञान प्रदान गर्छर आइ पि ओ, एफ पि ओ को माध्यमबाटजोखमरहित आम्दानी गर्न पनि सिकाउछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij