एजेन्सी । भारतको मुम्बईमा गत हप्ता ५३ जना पत्रकारमा कोरोनाभाइरसको संक्रमण देखिएको ब्रिहानमुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) ले जनाएको छ । बीएमसीका अनुसार महामारीका बेला रिपार्टिङ गरिरहेका १६७ जना पत्रकारको कोभिड–१९ परीक्षण गरिएको थियो । पोजेटिभ भेटिएकाहरुलाई आइसोलेसनमा राखिएको छ ।
मुम्बई प्रेस क्लबले सार्वजनिक अपिल जारी गर्दै मुख्यमन्त्री उद्धव ठाकेरेलाई पत्रकारहरुको सुरक्षाका लागि व्यवस्था गर्न आग्रह गरेको छ । यतिबेला महाराष्ट्र राज्य भारतमा कोरोनाभाइरस महामारीको केन्द्रविन्दु बनेको छ । त्यहाँ अहिलेसम्म ४ हजार ६६६ जना संक्रमित फेला परेका छन् भने २३२ जनाको मृत्यु भइसकेको छ ।
स्रोत : सीएनएन
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij