२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

मुक्तिनाथ बैंक र एनसीएचएलबीच सम्झौता 

मुक्तिनाथ बैंक र एनसीएचएलबीच सम्झौता 

  • सोमबार, मंसिर २४ २०८१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ ।

यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन, इटली लगाएतको देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेट मार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने छ ।

यस प्रकारको सेवाले विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुको साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वर्पूण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकले गरेको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।

डिजिटल सेवमा मात्र नभई विकास बैंक मध्य नेपालकै पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्ड २० मंसिरदेखि बिक्रीमा ल्याउन लागेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij