२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’मा कार्यक्रम ल्याइने

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’मा कार्यक्रम ल्याइने

चितवन, ११ माघः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ‘प्याकेज’मा कार्यक्रम ल्याउने बताउनुभएको छ ।

टिकौली मध्यवर्ती सामुदायिक वनको आठौँ साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले समस्या समाधान गर्न विशेष प्याकेज र समस्या समाधानका लागि समिति बनाउने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको छ ।” वन्यजन्तु विभाग तथा वन ऐनको नियमावली संशोधनका लागि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । नेपालको वन र पर्यटन एकआपसमा जोडिएको बताउँदै उहाँले यसमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन र वन एकापसमा जोडिएको छ । निकुञ्जसँगको समस्या समाधानका लागि ऐन संशोधनको तयारी हुँदैछ ।”

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, नेकपा माओवादी नेत्री कञ्चन खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त, शून्य चोरीसिकारी अभियानका अध्यक्ष वसन्त राना, वनका अध्यक्ष बुद्धिसेन चौधरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij