२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

माग पुरा नभए सेवा ठप्प पार्ने विमानस्थल भन्सार कार्यालयका कर्मचारीको चेतावनी 

माग पुरा नभए सेवा ठप्प पार्ने विमानस्थल भन्सार कार्यालयका कर्मचारीको चेतावनी 

 

 

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सेवा ठप्प पार्नेसहितका आन्दोलनका घोषणा गरेका छन् । आन्दोलन घोषणा गर्दै कर्मचारीहरुले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

साउन ३ गते सिनामंगलबाट ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

राजस्व असूलीको असल नियतले कानूनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीलाई धरपकड गरिएको भन्दै बन्द गर्नुपर्ने, कार्यालयमा भौतिक पूर्वाधार र आधुनिक प्रविधिको व्यवस्था गर्नुपर्ने, डरत्रास विना उच्च मनोबलमा काम गर्ने वातावरण हुनुपर्ने, विना प्रमाण, पक्राउ पूर्जी अनुमति नलिई कर्मचारीहरुलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य बन्द गर्नुपर्ने र पक्राउ गरेकालाई रिहा गर्नुपर्ने लगायतका माग छन् ।

यसैगरी भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित पार्ने चेतावनी दिइएको छ ।

यसअघि भाद्र १२ गते नै काम गर्ने वातारण नभएको भन्दै २८ भन्सार अधिकृतसहित १ सय ३७ कर्मचारीले भन्सार विभागका महानिर्देशकलाई सामुहिक सरुवाको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij