२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

समाजसेवामा जीवन समर्पित गर्नेछु: अध्यक्ष सुमित्रा थापा

समाजसेवामा जीवन समर्पित गर्नेछु: अध्यक्ष सुमित्रा थापा

काठमाडौं । सुमित्रा थापा समाजसेवा क्षेत्रमा सक्रिय रूपमा संलग्न रहँदै आएकी महिला हुन् । पछिल्लाे समय उनले ‘नेपाली महिलाहरुको आवाज’ नामक सामाजिक संस्थाकाे नेतृत्व गर्दै आएकी छिन् । थापा नेतृत्वकाे याे संस्था वि.सं २०७३ देखि सञ्चालनमा छ ।

उक्त संस्थाले विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न रहेर आफ्ना क्रियाकलापहरू सञ्चालन गर्दै आएकाे छ ।

यस संस्थाले मूलतः महिला शशक्तिकरण, बालबालिकाहरुको हकहित र संरक्षण एवं वृद्धवृद्धा तथा असहायको लागि आवश्यक सेवा प्रदान गर्ने काम गर्दै आइरहेको छ ।

यस संस्थाकी अध्यक्ष सुमित्रा थापाका अनुसार संस्थाका क्रियाकलापहरूले थुप्रै असहायहरूकाे उद्दार भएकाे छ ।

अध्यक्ष थापा आफू संस्था मार्फत र व्यक्तिगत रूपमा समेत विगत लामाे समय देखि विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएकाे बताउँछिन् ।

पछिल्लाे समय हिजाे मात्रै उनकाे सक्रियतामा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलमा अवस्थित बाल शिक्षा सदन आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण महिला विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्रीकाे रूपमा अपरिहार्य मास्क र सेनिटरी प्याड वितरण कार्य सम्पन्न गरिएकाे छ ।

कार्यक्रम समापन पछि सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीकाे क्रममा संस्थाकी अध्यक्ष सुमित्रा थापाले आगामी दिनहरुमा पनि यस किसिमका सामाजिक गतिविधिहरु सञ्चालन गरी आफू निरन्तर रूपमा समाजसेवा संलग्न भइरहने बताइन् ।

आगामी दिनहरुमा पनि विभिन्न संघसंस्थाहरूकाे सहकार्यमा यस किसिमका सामाजिक गतिविधिहरु सञ्चालन गरी निरन्तर सेवा प्रदान गरी असहायहरूकाे सारथी बनिरहने र संस्थाका गतिविधहरूलाइ अझ प्रभावकारी बनाउँदै लैजाने योजनामा आफूहरु रहेको संस्थाकी अध्यक्ष सुमित्रा थापाले बताइन् ।

भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपहरुमा आफूहरुले काठमाडौं उपत्यकामा मात्र नभई उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा समेत पुगेर आवश्यक सहयोग उपलब्ध गराएको स्मरण गर्दै उनले आफ्नाे भावी जीवन निरन्तर रुपमा समाजसेवामा नै समर्पित रहने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij