२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेता घोषणा ।

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेता घोषणा ।

काठमाडाैं, १० चैतः महालक्ष्मी विकास बैंकद्धारा “ नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ । हिन्दुहरुकाुे महान चाँड दसैंलाई लक्षित गरी बैंकले आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउन र उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग गर्न भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो ।

विजेताहरुमा नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन्। विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।

बैंकअनुसार नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियान बाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंककाे प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप “ नेपाल दसैं अभियान २०२४” को सञ्चालन गरेको थियो ।

महालक्ष्मी विकास बैंक यस अभियानमा जोडिनुभएका तथा विजेता बन्न सफल हुनुभएका प्रयोगकर्ताहरुलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij