२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

महामारीलाई जित्न हामी सबै एकजुट हुनुपर्छः निर्देशक विश्वदीप घिमिरे

महामारीलाई जित्न हामी सबै एकजुट हुनुपर्छः निर्देशक विश्वदीप घिमिरे

विश्वदीप घिमिरे, चलचित्र निर्देशक

अहिलेकाे लकडाउनकाे अवस्थामा चलचित्रकर्मीहरू के गर्दैछन् भन्ने बुझ्न हामीले चलचित्रकर्मी विश्वदीप घिमिरेसँग संक्षिप्त कुराकानी गरेका थियाैं । प्रस्तुत छ उक्त कुराकानीः
यो लकडाउनमा के गर्दै हुनुहुन्छ ?
मुख्यत विभिन्न क्षेत्र सग सम्बन्धित श्रमिक बर्ग हरु लकडाउनको समयमा बडि पिडित हुने हुदा सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गराउने, चलचित्र पढ्ने र लेख्ने कार्यमै हुन्छु।
 चलचित्रसँग सम्बन्धित संघसंस्थाहरुको भुमिका प्रायः शून्य छ त ? 
चलचित्र सम्बन्धित संघसंस्थाहरुले आ-आफ्ना गतिविधिहरु गरिनै रहेका छन् । राज्यले पनि सहकार्यका लागि आह्वान गर्नुपर्छ । यसो गर्दा अझ पारदर्शी र उपलब्धिमुलक हुन्छ, केवल निश्चित वर्गको मात्र हैन, हामीले अझ माथि उठेर आम श्रमजीवी मजदुरकाे जीवन रक्षाका लागि कार्य गर्नु पर्छ ।
 यो त राज्यको पनि दायित्व हो नि होइन र ?
निश्चित पनि, राज्य भित्र एउटा समाज हुन्छ । त्यो समाज भित्रका हामी मानव हौं, राज्यको दायित्व भनेर उम्कनु राम्रो होइन, स्थानीय, प्रादेशिक र संघीय सरकार मार्फत राज्यले आफ्नो उपस्थिति देखाइ नै रहेको छ  । यो संघीय प्रणालीको सुन्दरता भनेकै यहि हो । यसैलाइ आत्मसात् गर्दै हामी चलचित्रकर्मिहरु अघि बढ्नसके मात्र भोलिका नेपाली चलचित्रलाइ सिङ्गो मजदुर वर्गले आत्मासात् गर्नेछन्, सृष्टि चलायमान मजदुर वर्गसँग सम्बम्धित छ । हामीले यो युद्द जित्नु पनि छ र सम्पुर्ण मानवजगतको रक्षा पनि गर्नुछ । यसलाइ चुनौती भन्दा पनि अवसर ठानी राज्यलाइ सहयोग गरौ भन्ने भावनाको विकास हुनुपर्ने जरुरी छ।
यो महामारीको अन्त्य कहिले हुन्छ जस्तो लाग्छ ?
 यो चिकित्सा विज्ञान सँग सम्बन्धित प्राविधिक कुरा हो । २१ औै शताब्दीको आधुनिक विज्ञान नै लागि परेको छ । आशा गरौं छिट्टै अन्त्य हुनेछ, मजदुर वर्गको नेतृत्व सहितको समाजवाद अबको युग हुने पृष्ठभुमि हुर्कंदै गइरहेको यो अवसरलाइ नेपालले सजिलै प्राप्त गर्न सक्छ जसका लागि नेतृत्वमा इच्छाशक्ति र शाहसको जरुरी छ।
 यो महामारी, राजनीति र चलचित्रलाइ कसरी हेर्नु भयको छ ?
 अहिलेको आवश्यकता भनेकै एकताबद्ध भएर यो महामारीलाई जित्नु हो । यसकाे कुनै विकल्पै छैन, त्यसपछि गर्ने हो राजनीति, जब नेपाली चलचित्रमा राजनीतिले प्रवेश पाउँछ त्यो बेला विश्व बजार हाँकिरहेको हुनेछ नेपाली चलचित्रका, यी त दोस्रो र तेस्रो कुराहरु हुन, पहिलो त कोरोनालाई पराजय गर्नु नै मानवजातिको लक्ष्य हुनुपर्छ भन्ने हो।
 अन्त्यमा
 सामाजिक दुरि होइन, शारीरिक दुरि कायम गर्दै टुटफुटको राजनीतिबाट टाढा रहेर यो माहामारी बिरुद्द लडौं, लकडाउनको पालना गरौं, जित निश्चित छ,नयाँ युगको नयाँ नेपाल अवस्य बन्नेछ । हामी सबै अाशावादी भएर अघी बढाैं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij