२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाै‌ँ ।  साउन २८ गतेदेखि आइपिओ बिक्री खुला गरेको मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनीको आइपिओमा आवेदन दिने आज साउन ३१ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेर बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता शेयर थप गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij