अघिल्लो दिन प्रति तोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबर भइरहेको सुनको मूल्य मंगलबार भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला १ हजार रुपैयाँ घटाएको हो । आज बजारमा सुनको मूल्य प्रति तोला १ लाख ४९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि ३० रुपैयाँले घटाएर १७६५ रुपैयाँ निर्धारण गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij