शशि पन्थी, भैरहवा । भैरहवाको सिटि अस्पतालमा मुटु रोगिको बिरामीलाई ग्यास्ट्रीकको औषधि दिएर अस्पतालको चरम लापरवाहिका कारण बिरामीको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासि ३६ वर्षका रामु चुँदाली २६ गते बुधबार मुटु दुख्यो भनेर आफैं चेक गर्न आएका थिए । हस्पिटलले ग्याष्ट्रिक हो भनेर ७ दिनको औषधी दिएर फर्काएको थियो । त्यसको ५ मिनेट पछि मुटु दुख्न थाल्यो, त्यस पछि दौडाएर ल्याउँदा बिरामीको मृत्यु भएको बिरामीका दाई दुर्गा बहादुर चुँदालीले बताए ।
मृतककी आमा मायादेवि चुँदालीलले रुंदै अस्पतालले यति साह्रै लापरवाहि गरेर आफ्नो छोरा गुमाउनु परेको बताउँदै उनले उपचार नहुने भए पहिल्यै हुनु पथ्र्यो, मुटु दुखेको बिरामिलाई ग्यास्ट्रिकको औषधि दिएर मार्ने ? यसमा अस्पतालले झारा टार्ने काम गरेको दबै दिएर दुई वटा सुई लगायो लास्टमा छोरो मरेपछि मेडिकल कलेजमा लैजा भनेर अर्कै अस्पताललाई दोष थुपार्न खोजेको बताइन् ।
मृतककी श्रीमति दिपा चुँदालि डाँको छाडेर रुँदै भनिन्, ‘हामीसँग पैसा जति पनि थियो, पैसाको कमि हामी संग थिएन भन्दै दुखेसो पोखिन्, छाति दुखेको मेरो बुढालाई ग्यास्टीकको औषधि दिने ? यसको जिम्मेवारि को हो ? मुटुको रोगीलाई ग्यास्टीकको औषधि दिने ? तपाईँ जनतालाई सोध्नुहोस् न भन्दै रोइरहिन् । उनले नाम सिटि काम के हो यो ? अब आज देखि मेरो छोरो टुहुरो भयो, मेरो छोरोलाई अब कसले हेर्छ ?’ उनी रोइरहिन् ।
मृतकका छिमेकि कृष्ण क्षेत्रिले डा.ले गर्नु कर्तव्य नगरेको बताउँदै भने हामीले बिहान बुटवलको मुटु अस्पतालमा रिपोर्ट लैजाँदा मुटुको बिरामी भएको हँुदा पहिल्यै गर्नुपर्ने इसिजि गरेको भए बाँच्न सम्भव भएको मुटु अस्पतालले प्रतिक्रिया दिएको बताए । आफुले उपचार गर्न नसक्ने भए रिफर गर्नु पथ्र्यो नि कृष्ण क्षेत्रिले भने ।
बिहिबार रातको १० बजे बिरामीको मृत्यु हँुदा शुक्रबार बिहान ६ बजे अस्पतालका झाडु लगाउँदा सम्म अस्पताल प्रशासनका जिम्मेवार निकाय कोहि पनि उपस्थीति नभएको देखिएको छ । सरोकारवाला निकायको समेत उपस्थीति देखिएन । अस्पतालको लापरवाहिको बारेमा बुझ्न खोज्दा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलको मोबाइल स्वीच अफ रहेको छ । अन्य जिम्मेवार व्यक्तिहरु संग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नरहेको पाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij