
म्याड्रिड । सेनेगलबाट स्पेनका लागि हिँडेका तीनवटा डुङ्गामा सवार करिब तीन सय आप्रवासी बेपत्ता भएका छन्। भू-मध्यसागरको क्यानरी टापुमा उनीहरु बेपत्ता भएको आप्रवासी सहायता समूह वाकी बोर्डरले जनाएको छ।
सेनेगलबाट स्पेन पुग्ने प्रयास गरेको १५ दिनदेखि उनीहरु हराइरहेको वाकिङ् बोर्डर्सकी हेलेना मालेनोले बताइन्। दुईवटा डुंगामा १२० जना र तेस्रो डुंगामा करिब २०० जना सवार थिए।
पश्चिम अफ्रिकाको तटमा रहेको क्यानरी टापुहरू स्पेन पुग्न खोज्ने आप्रवासीहरूको लागि मुख्य गन्तव्य बनेको छ। भू-मध्यसागर पार गरी स्पेनको मुख्य भूमिमा जान उनीहरुले प्रगोग गर्दै आएका छन्।
एट्लान्टिक माइग्रेसन मार्ग, संसारमा सबैभन्दा घातक मध्ये एक हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij