२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु

काठमाडौं । भारतको आन्द्र प्रदेशस्थित गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएका छन् । तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो । २ महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए । हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ ।

गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो ।

फ्लाइओभर खस्दा १८ जनाको मृत्यु

यसैबीच आन्द्र प्रदेशकै वाराणसीमा मंगलबार निर्माणाधीन फ्लाइ ओभर (आकासे पुल) खस्दा १८ जनाको मृत्यु भएको छ । फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका थिए ।

उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन महिनाअघि नै निर्माण सम्पन्न भइसकेको थियो । आकासे पुलमाथि राखिएका स्ल्याबलाई जोड्ने काम भइरहेको थियो तर त्यसमुनिबाट गाडि चलाउन रोक लगाइएको थिएन ।

प्रदेश सरकारले ४८ घण्टाभित्र घटनाको जाँचबुझ गरी दोषिलाई कारवाहीको सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij