भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।
भारतीय मिडिया वन इन्डियाका अनुसार बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएको जनाएको छ ।मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको जनाइएको छ ।
उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।मृत्यु हुनेमा ५० वर्षीय विस राम, ४५ वर्षीय धिरज, ४० वर्षीय अन्नत राम चौधारी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक राम चौधरी र ६० वर्षीय गोपाल हुनुहुन्छ । र घाइते हुनेमा नेपालीमा शान्ति चौधरी र छोटु चौधरी रहेका छ्न।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij