
रुपन्देही । भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले बिद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
साविकको भनभने गाविस हाल मदाने ७ गुल्मी अन्तर्गत श्री सर्ज्याङ्ग आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु ४३ जना ,श्री दीपक मा वि मा अध्ययनरत १ सय ७० जना र श्री बालाबोध प्राविमा अध्ययन रत २१ जना गरी जम्मा २ सय ३४ थान झोला विद्यार्थीलाई वितरण गरेको समाजका सदस्य मिनराज पन्थीले बताए ।
समाजका प्रथम उपाध्यक्ष श्री सावित्रा देवी पन्थीको अध्यक्षता र अतिथि मदाने गाउँ पालिका वडा नं ७ का वडा अध्यक्ष सन्तोष केसिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , कार्यसमिति सदस्य हरु , विद्यार्थीहरू तथा अभिभाबकहरुको उपस्थित रहेको थियो । कार्यक्रम सम्पन्न गराउन भनभने गुल्मी सम्पर्क समाज रुपन्देही को तर्फ बाट प्रथम उपाध्यक्ष श्री सावित्रा देवी पन्थी, संस्थापक अध्यक्ष नुधराज पन्थी,सदस्यहरू मिनराज पन्थी,चिन्तामणि पन्थी,पिताम्बर पन्थी र कमला केसि तीन वटै विद्यालयमा पुगी सम्पूर्ण विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij