२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि सेवा सुरु गर्दै

ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि सेवा सुरु गर्दै

भरतपुर, ४ बैशाखः  काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही महिनादेखि चितवनमा शाखा विस्तार गरेको हो ।

चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण होस् भन्ने हेतुले चितवनमा आफ्नो शाखा विस्तार गर्न लागेको ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले बताएकी छिन् ।

‘हामीले काठमाडौंमा जसरी विद्यार्थीहरुलाई सही परामर्श दिइरहेका छौँ,’ उनले भनेकी छिन्, ‘चितवनमा पनि विद्यार्थीहरुलाई आफ्नो अध्ययनको सपना पूरा होस् भन्ने हेतुले शाखा सन्चलानमा ल्याउने निर्णय गरेका हौँ ।’

उनले ब्रेनब्रिज एजुकेसनले काठमाडौंमा जस्तै चितवनमा निःशुल्क भाषा शिक्षणका कार्यक्रमहरु सन्चालन गर्ने बताएकी छिन् । ‘आइइएलटिएस, पिटिइ, डिस्याट, ड्युलिङ्गोजस्ता भाषा कक्षाहरु हामीले काठमाडौंमा निःशुल्क गरिरहेका छौँ,’ उनले भनिन्, ‘विद्यार्थीहरुलाई आर्थिक भार नपरोस् भनेर हामीले भविष्यमा खुल्ने नेपालका अन्य शाखाहरुमा पनि भाषा शिक्षण निःशुल्क गर्नेछौँ ।’ यस्तो गर्दा विद्यार्थीहरुले यसको भरपूर फाइदा उठाउन पाउने उनले जानकारी दिइन् ।
अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेको ब्रेनब्रिज एजुकेसनले चितवनबाट सेवा दिन पाउँदा खुसी भएको जनाएको छ ।

साथै, ब्रेनब्रिज एजुकेसनले चितवनमा प्लस टु तथा ब्याचलर्समा विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने हिसाबले छात्रवृत्ति उपलब्ध गराउने तयारी पनि गरेको छ । यसका लागि केही समयपछि छात्रवृत्ति आवेदन खुलाउने र यसमा चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिनसक्ने ब्रेनब्रिज एजुकेसनले जनाएको छ । यो चितवनमा अहिलेसम्म प्रदान गरिएको सबैभन्दा ठूलो छात्रवृत्ति हुने ब्रेनब्रिज एजुकेसनको दाबी छ । ‘यसमा प्रत्येक वर्ष हामीले एक सय विद्यार्थीको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछौँ,’ दवाडीले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij